
सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवका कार्य समिति सदस्य एवम् तालिम संयोजक योगिता पियाले सौन्दर्यकला महिलालाई मात्र नभई पुरुषलाई पनि आवश्यकता भएको बताउंदै सौन्दर्यता केबल देखाउनका लागि मात्र नभई यो आन्तरिक खुशी र मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्धित भएको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै रोटरी क्लव अफ चितनव स्पाउज क्लबका अध्यक्ष कबिता चुकेले सौन्दर्यता र व्यक्तित्वमा निखार ल्याउने महिला तथा पुरुषमा आत्म विश्वासमा बृद्धि हुंदै स्वाबलम्बी बनाउन सहयोग पुर्याउने बताउंदै कार्यक्रम महत्वपूर्ण भएको बताउनु भयो । सोही कार्यक्रममा शुभकामना ब्यक्त गर्दै रोटरी क्लब अफ चितवनका निर्वाचित अध्यक्ष दिपक प्रधानले तालिम महिला सशक्तिकरणका लागि समेत उपयुक्त रहेको बताउनु भयो । ३ दिनसम्म सञ्चालन हुने उक्त तालिममा अनामिका भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको छ । २२ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको समुद्घाटन कार्यक्रममा रोटरी क्लव अफ नारायणगढका अध्यक्ष निरा श्रेष्ठ, संघका कार्यकारी निर्देशक निलबहादुर केसी लगायत महिला उद्यमीको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष कबिता चुकेको अध्यक्षता, उवासंघ चितवका अध्यक्ष चुननारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम सरिता खनालले सञ्चालन गर्नुभएको थियो । तालिम कार्यक्रमलाई अभिमन्यू ट्रेडर्स चितवनले सहयोग गरेको छ ।
१३ वैशाख, भरतपुर ।