पाल्पाका उद्यमी व्यसावयी चितवनमा

Activities

उद्योग वाणिज्य संघ–चितवनले पाल्पा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई २०७९ असार १ गते एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो । पाल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजु महर्जनको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।
नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन गर्ने सर्दभमा उद्योग वाणिज्य संघ–चितवन आएको हो । स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै सस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिदैं अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका संलग्नता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले नीजि क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने बताउनुभयो ।
सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले उहा“हरुलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताउनु भयो । कार्यक्रममा बोल्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतीको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनुहुदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहांले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउनुभयो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहोनप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ लगाएतले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली , सिरिष पन्त लगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । यसै सगरि पाल्पा उद्योग वाणिज्य संघका निर्बमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष मधुदयाल सैंजु, लगायत पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । कार्यक्रम उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले को सञ्चालनमा सम्पन्न भएको हो ।

Print