मार्केटिड्ड सम्बन्धि सेमिनार सम्मन्न

Activities

उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज एक दिवसिय सेमिनार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन आयोजनामा मार्केटिड्ड र भावी मार्केटिड्ड सम्बन्धी सेमिनार सम्पन्न भएको हो । बर्तमान परिप्रेक्ष्यमा बजारीकरणको अवस्था, यसको सम्भावना र प्रभावकारी बजारीकरणका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले सेमिनारको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योग बाट उत्पादीत बस्तु तथा सेवालाई प्रभावकारी ढड्डले क्रेता सम्म पु¥याउनमा व्यवसायीमा बजारीकरणको गहिरो ज्ञान हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । कार्यक्रममा श्रेष्ठले व्यवसायलाई लामो समयसम्म निरन्तरता दिनका लागि बजारीकरणलाई स्ुचना प्रविधिस“ग जोडेर लैजानुपर्ने बताउनु भयो । उहांले बर्तमान विश्वव्यापिकरण तथा आार्थिक उदारिकरणको अवस्थामा ग्राहक संवेदनशिल र बजार जटिल बन्दै गएको बताउंदै विश्वबजारमा भएका परिबर्तनलाई आत्मासात गर्दैै व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनु भयो ।


कार्यक्रमका प्रमुख मध्यस्थकर्ता एवम् कन्टेन्निएल कलेज टोरन्टो क्यानडाका प्राध्यापक .डा. तुलसी धरेलले व्यवसायीले नाफा बृद्धि गर्नमा जोड नदिई बस्तु तथा सेवाको बिक्रि वितरणमा केन्द्रित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा प्रस्तुतीकरण दिंदै प्रा. डा. धरेलले व्यापार वृद्विमा मार्केटिङको भुमिका, मार्केटिङ के हो र किन आवश्यक छ, मार्केटिङ भित्र के–के पर्दछन् भन्ने कुराका साथसाथै विश्वबजारमा मार्केटिङको भुमिकाको विषयमा जानकारी दिनुभएको थियो । लामो समय देखी क्यानडामा अध्यापन गराउंदै आउनुभएका डा. धरेलले बजारीकरणका अन्तराष्ट्रिय अभ्यासका वारेमा समेत प्रस्तुतीकरण दिनुभएको थियो । संघका सदस्य, विभिन्न वस्तुगत संघका सदस्य लगायत उद्यमी व्यवसायीलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष द्धय राजेन्द्र ओली, सिरिष पन्त लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, युवा उद्यमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताउंदै आजको कार्यक्रमले सहभागिमा उर्जा थपेको बताउनु भयो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।


भरतपुर १७ साउन

Print