बैंक तथा वित्तिय संस्थाहरुको सुरक्षा प्रवन्ध सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

Activities

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज बैंक तथा वित्तिय संस्थाहरुको सुरक्षा प्रवन्ध सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको चाडपर्वलाई मध्यनजर गरि हुनसक्ने चोरी डकैतीको घटनालाई न्यूनिकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो ।
छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुमा सुरक्षा प्रवन्ध कसरी गर्न सकिन्छ भन्ने राय सुझाब लिनका लागि बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको बताउदै उहा“ले बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई प्रश्न गर्दै भन्नुभयो हामिले के गरियो भने बैंक तथा वित्तिय संस्थाको सुरक्षा प्रवन्ध गर्न सकिन्छ र हामि व्यवसायीले साझा धारणा बनाएर सुरक्षा निकायहरु संग सुरक्षा माग गर्न जाने बताउनु भयो ।
छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सुरक्षा निकायहरु संगको बैंठकमा भएका कुराहरु जानकारी गराउदै हामी अवका बैंठकमा कसरी प्रस्तुत हुने भन्ने विषयको जानकारी लिनको लागि यो छलफल कार्यक्रम राखिएको समेत बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका तृतिय उपाध्यक्ष सिरिष पन्तले सबै बैंक तथा वित्तिय संस्थाहरु एवं औद्योगीक व्यपारीक प्रतिष्ठानहरुलाई हाईवेय तिर फर्काएर सिसि क्यामरा राख्न अनुरोध गर्दै उहाँ हामिले सुरक्षा माग गरिरहदा सुरक्षा निकायलाई के कुरामा योगदान गर्न सकिन्छ भन्ने कुराको यकिन गर्न सकियो भने सुरक्षा माग गर्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा बैंकका प्रतिनिधिहरुले सुरक्षाकर्मी कमसेकम दिनमा २/३ पटक फरक फरक समयमा कार्यालयमा भम्रण गरिदिएमा चोरी हुने समस्या कम हुने बताउनुभयो । छलफल कार्यक्रम संघको सचिवालयमा सम्पन्न भएको थियो । छलफलमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननार श्रेष्ठ, उपाध्यक्षदय चिरञ्जीवी सुवेदी, सिरिष पन्त, बस्तुगत संघका अध्यक्षहरु, विभिन्न बैंक, वित्तिय संस्था, सहकारीका प्रतिनिधिहरुकोे सहभागीता रहेको थियो ।
१६ भदौ, भरतपुर

Print