चाडपर्व लक्षित नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Activities


जिल्ला प्रहरी कार्यालय चितवनको अयोजना तथा

उद्योग वाणिज्य संघ–चितवनको सहकार्यमा आज संघको सभाहलमा आउदै गरेको चाडपर्वलाई लक्षित गरि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उद्योगी व्यवसायी एवं आमसर्वसाधरण नागरिकहरुको सुरक्षा सम्बन्धीका जिज्ञासा एवं सुझावहरुको बारेमा जानकारी लिने उद्देश्यले नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले शान्ती सुरक्षा प्रत्याभुतीको लागि सार्वजनिक र निजि क्षेत्र मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिदैं व्यवसायीहरु पनि आफ्नो सुरक्षाको विषयमा आफु पनि चनाखो हुनुपर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले सर्वसाधारणको पहुचमा प्रहरी रहनको लागि प्रहरी एपको बिकास गरि गुनासो गर्ने व्यवस्थाको लागि सुझाव दिनुभयो । कार्यक्रममा प्रहरी प्रमुख नवराज अधिकारीले कार्यक्रममा उपस्थित उद्योगी व्यवसायी एवं सर्वसाधारण नागरिकहरुका गुनासाहरुको सम्बोधन गर्दै, उहा“ले प्रहरी शान्ती सुरक्षा अमन चयन र अपराध नियन्त्रमा कटिबद्ध भएको बदाउदैं समुदाय–प्रहरी साझेदाी अवधारण बमोजिम सर्वसाधरणको सहयोग, सद्भाव र सहकार्यमा अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विकास थापा, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, संघका कार्यसमिति सदस्य,संघका कार्यकारी निर्देशक,विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी उद्योगी, व्यवसायी, बैक, सहकारी संस्थाका प्रतिनिधि, आम सर्वसाधरण नागरिक लगायत १०० जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताउनु भयो । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक नवराज अधिकारी अध्यक्षता सम्पन्न कार्यक्रम जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक देवराज शर्माले सञ्चालन गर्नुभएको थियो ।

 ३० भाद्र, भरतपुर चितवन
गणेश सुवेदी
कार्यक्रम अधिकृत

 

Print