उवासंघ–चितवनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Activities

उद्योग वाणिज्य संघ–चितवनले आज संघको

सचिवालयमा एक कार्यक्रमको आयोजना गरि नेपालीहरुको महान चाड विजया दशमी, शुभ–दीपावली, नेपाल संवत् ११४३ एवं छठपर्व–२०७९ को  अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा स्वागत गर्र्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उपस्थित अतिथिज्यूहरुलाई विजया दशमी, शुभ–दीपावली, नेपाल संवत् ११४३ एवं छठपर्व–२०७९ शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले स्थानिय निकाय एवं सरकारी निकायहरु संघ भेटघाट हुने भएकाले आत्मीयता बढ्ने बताउदै,उद्योग वाणिज्य संघ चितवनले यस वर्ष कृषि र पर्यटनलाई मुख्य थिम बनाएर चितवन महोत्सव–२०७९ आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले नेपालीहरुको महान चाड विजया दशमी, शुभ–दीपावली, नेपाल संवत् ११४३ एवं छठपर्व–२०७९ को  अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा निमन्त्रण गरि आतिथ्यता प्रदान गरेकोमा उद्योग वाणिज्य संघ–चितवनलाई आभार व्यक्त गर्दै उहाँले देश विकास गर्न, जनतालाई शुसासनको अनुभुती दिलाउन हाल सम्म पनि नसकिएको र देशलाई कुशल नेतृत्व आवश्यकता रहेकोले आगामी निर्वाचनमा कुशल नेतृत्वलाई मतदान गरि विजय गराउन समेत अनुरोध गर्नुहुदै उहाँले जिल्ला समन्व समिति उद्योगी व्यापारीहरुको समस्या संग हातेमालो गरेर समस्या समधानमा अग्रसर हुने बताउनु भयो । उहाँले जिल्ला समन्व समितिले कुनै पार्टी भनी भेदभाव नगर्ने प्रतीबद्वता समेत व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य अशोक अधिकारीको संयोजकत्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, नारायण प्रसाद अधिकारी, उप प्रमुख कल्पना काफ्ले, जुनियर प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख सन्दिप भण्डारी, श्री काली बहादुर गण भरपुरका गणपती अच्यूत घिमिरे, राष्ट्रिय जिल्ला अनुसन्धान कार्यलय चितवनका उपनिर्देशक शेरजड्ड बहादुर चन्द सशस्त्र प्रहरी बल १७ नं गण आँपटारीका सशस्त्र प्रहरी नायव उपरीक्षक निरन्जन भण्डारी, उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति, कार्यसमिति स्पाउजहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी भयो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता एवम्  संघका कार्यसमिति सदस्य एवं शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक अशोक अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।


१२ असोज भरतपुर
गणेश सुबेदी
कार्यक्रम अधिकृत

Print