उद्यमशिलता विकासको लागि उवासंघको रणनीतिक योजना

उद्यमशिलता विकासको लागि उवासंघको रणनीतिक योजना

Activities

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा

बिहीबार र शुक्रबार दुई दिवसीय रणनीतिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चिवनले आफ्नो सचिवालयमा स्थापना गर्न लागेको व्यवसाय विकास केन्द्र तथा चेम्बर लर्निङ्ग सेन्टरको लागि रणनीतिक कार्ययोजना गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्यमशिलता विकास विना समग्र मुलुकको आर्थिक समृद्धि असम्भव हुने बताउदै संघले उद्यमशिलता विकासको लागि कार्यक्रम आयोजना गरीएको बताउनु भयो । उहाँले संघबाटनै व्यवसाय विकास र निर्यात प्रर्वद्धनको लागि उद्योग वाणिज्य संघमानै चेम्बर लर्निङ्ग सेन्टरको स्थापना गर्न लागिएको बताउनु भयो । चितवन जिल्लामा उद्यमशिलता विकास गर्ने सवालमा सवै सरोकारवाला विच गोष्ठीको आयोजना गरीएको हो ।

गोष्ठीमा आगामी ३ वर्षे समायावधिमा संघमा स्थापना हुन लागेको सेन्टरबाट गरिने कार्यक्रमको कार्ययोजना तर्जुमा गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले बताउनु भयो । स्थापना गर्न लागिएको सेवा केन्द्रको लागि यूएसएआईडी, अन्तरप्रेरणा र वल्ड स्टार्टअप नामक संस्थाले सहयोग गर्ने संघले जनाएको छ । कार्यक्रममा अन्तर प्रेरणाको डा. रामजी प्रसाद न्यौपाने र रक्षा चालिसेले सहजिकरण गर्नुभएको थियो । कार्ययोजना गोष्ठीको समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले निजी, सार्वजनिक र शैक्षिक संस्थाको त्रिपक्षीय सहकार्यबाट यस जिल्लालाई उद्यमशिलताको थलो बनाउन निरन्तर लाग्ने बताउनु भयो । कार्यक्रममा चितवन जिल्लाका नीजि क्षेत्र, शैक्षिक सस्था र सार्वजनिक निकायका प्रतिनिधिहरु गरी २६ जनाको सहभागीता रहेको थियाे ।


२६ श्रावण, भरतपुर

Print