गोन्द्रयाङ्ग देखी पुलचोक सडक विस्तार छिटो सम्पन्न गर्न सम्बन्धीत निकायमा उद्योग वाणिज्य संघ चितवनले गरायो ध्यानार्कषण

गोन्द्रयाङ्ग देखी पुलचोक सडक विस्तार छिटो सम्पन्न गर्न सम्बन्धीत निकायमा उद्योग वाणिज्य संघ चितवनले गरायो ध्यानार्कषण

Activities
उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने गोन्द्रयाङ्ग देखी पुलचोक सम्मको सडक विस्तार कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायकमा ध्यानार्कषण गराएको छ ।

संघले भरतपुर महानरपालिका, जिल्ला प्रशासन कार्यालय र सडक विभागमा ध्यानार्कषण गराएको हो । उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिका  नगर प्रमुख रेनु दाहाल, जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, र सडक विभागका सुचना अधिकारी चण्डेश्वर साहलाई ध्यानार्कषण पत्र हस्तान्त्रण गरेकाे हो । चितवन जिल्लाकै मुख्य व्यापारीक केन्द्र पर्ने भरतपुरको गोन्द्रयाङ्ग देखी पुलचोक सम्म सडक विस्तार गर्न धेरै लामो समय लागेकाले उक्त क्षेत्रका व्यवसायी, उपभोक्ता र आम सर्वधारण जनताले सास्ती खेप्दै आउनुका साथै ठुलो आर्थिक नोक्सानी व्यवसायीहरुले व्यहोनु परेकाे पत्रमा उल्लेख गरिएको छ । व्यवसायीहरु गएका वर्षदेखी कोभिड–१९ तत्तपश्चात सिर्जित विषम परिस्थिति र चरम बढ्दो आर्थिक मन्दीको सामना गरिरहेका उद्योगी व्यवसायीहरुले पनि आउदै गरेको नेपालीहरुको महान चाडपर्व दशै, तिहार र छठ पर्वमा आफ्नो व्यपार व्यवसाय हुने आशमा बसिरहेका हुनाले गोन्द्रयाङ्ग देखी पुलचोक सम्मको सडक निर्माणकार्य यथासक्य छिटो सम्पन्न गराई व्यवसायिक वातावरण सृजना गराउन पहल गरिएको छ । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भम्रण वर्ष २०२४ सफलताका साथ सम्पन्न गर्न समेत उक्त सडक निर्माणका यथासक्य छिटो सम्पन्न गर्नुपने  पत्रमा उल्लेख गरिएको छ ।

ध्यानार्कषण पत्र हस्तान्त्रण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, तृतीय उपाध्यक्ष सिरिष पन्त लगाएत संघका कार्यसमिति सदस्य एवं वस्तुगत संघ अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो ।
१३ भाद्र, भरतपुर,
Print