क्षेत्रिय उवासंघहरुलाई कम्प्युटर हस्तान्तरण

Activities
उद्योग वाणिज्य संघ–चितवन अन्तर्गत रहेका माडी उद्योग वाणिज्य संघ–माडी र ईच्क्षाकामना उद्योग वाणिज्य संघ–मुग्लिङलाई एक एक थान कम्प्युटर हस्तान्तरण गरियो । सचिवालय सुदृढीकरण गर्दै सचिवालयबाट प्रदान गरिने सेवा सुविधामा चुस्तता प्रदान गर्दै संघका गतिविधिहरुको अभिलेखिकरणमा सहयोग गर्ने उदेश्यले उक्त कम्प्युटर प्रदान गरिएको हो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले कम्प्युटर हस्तान्तरण गर्दै उक्त कम्प्युटरको सहयोगले क्षेत्रिय उवासंघहरुलाई आफ्ना क्रियाकलाप व्यवस्थापन गर्नमा सहयोग पुग्ने अपेक्षा ब्यक्त गर्नुभएको थियो । श्रावण २९ गतेका दिन कार्यसमितिको वैठकको अवसर पारि माडि उद्योग वाणिज्य संघका अध्यक्ष्F रेशमलाल आचार्यलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो भने मिति २०७५ भाद्र १२ गतेका दिन संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि ईच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुलाई हस्तान्तरण गरिएको हो । संघले आफ्नो क्षेत्रमा रहेका क्षेत्रिय एवं वस्तुगत संघहरुलाई कार्यालय व्यवस्थापन एवम् सुदृढीकरणका लागि समय समयमा सहयोग पु¥याउंदै आएको छ ।
Print