उद्योग वाणिज्य संघ-चितवन र भरतपुर महानगरपालिका विच सम्झौता पत्रमा हस्ताक्षर

Activities
उद्योग वाणिज्य संघ-चितवन र भरतपुर महानगरपालिका विच ब्यवसायीक कर संकलन तथा व्यवस्थापन सम्बन्धि संझौता पत्रमा हस्ताक्षर भएको छ । संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । उक्त संझौता अनुसार व्यवसाय कर बाट वार्षिक रुपमा संकलन हुन आउने करको जम्मा रकमको ५ प्रतिशत रकम उवासंघ चितवनले प्राप्त गर्ने छ भने उक्त प्राप्त रकम सार्वजनीक सरोकारका विकास निर्माण तथा व्यवसायीक हितका काममा आवश्यक कार्ययोजना तर्जुमा गरि खर्च गर्न सकिने उल्लेख भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । सार्वजनिक निजी साझेदारी कार्यक्रमको उत्कृष्ट उदाहरण बनेको व्यवसाय कर सम्बन्धि संझौता उवासंघ र तत्कालिन भरतपुर नगरपालिका विच २०५७ र २०६३ सालमा पनि भएको थियो।
Print