नारायणी नदी किनारको बृहत्तर विकास गरिने प्रथम चरणमा फुट ट्रायल निर्माण हुंदै ।

भरतपुर महानगरपालिका वडा नं.१ मा अवस्थित नारायणी नदी किनारलाई विकास गरि प्रबद्र्धन गरिने भएको छ ।

चितवन जिल्लाको पर्यटकिय स्थल मध्येको एक महत्वपूर्ण स्थानको रुपमा रहेको उक्त नारायणी नदी किनारलाई   सि विच (Sea Beach) मोडलमा विकास  गर्दै प्रमुख पर्यटकिय स्थलको रुपमा प्रबद्र्धन गर्नका लागि भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ–चितवन विच विस्तृत परियोजना प्रतिवेदन तयार भई दुवै पक्ष विच समझदारी भएको छ । उद्योग वाणिज्य संघ–चितवनको पहलमा निर्माण हुन लागेको विस्तृत परियोजना अन्र्तगत प्रथम चरणमा फुट ट्रायल निर्माण गरिन लागेको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । चितवनको गरिमा संग जोडिएको उक्त नारायणी नदी किनारलाई व्यवस्थित गरि यसको प्रबद्र्धन गर्न सकेमा चितवनको प्रबद्र्धनमा महत्वपूर्ण कार्य हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

narayani kinar ccic image

बिगत लामो समय देखी उद्योग वाणिज्य संघ–चितवनको संरक्षणमा रहेको उक्त नाराणि नदी किनारलाई प्रबद्र्धन गर्नका लागि संघले भरतपुर महानगरपालिका संग पहल गर्दै सहकार्यका लागि समझदारी गरेको हो । समझादारी बमोजिम उद्योग वाणिज्य संघ–चितवन प्रबद्र्धक एवम् उपभोक्त  रहने गरि कार्य सम्पादन गरिने भएको हो । उक्त किनारलाई आकर्षक गन्तब्यको रुपमा विकास गर्ने क्रममा प्रथम चरणमा ७५० मि. लम्बाई रहेको फुट ट्रायल निर्माण गर्न लागिएको उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष एवम् नारायणी नदी किनारमा संरचना निर्माण उपभोक्ता समितिका अध्यक्ष सहनलाल प्रधानले बताउनु भयो । नारायणी नदी विकास एवम् प्रबद्र्धनका लागि उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका बिच हालै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  दैनिक हजारौं आन्तरिक पर्यटक आउने उक्त स्थानलाई प्रबद्र्धन गर्न सकेमा आन्तरिक मात्र नभई वाह्य पर्यटनको समेत आवागमन हुने अपेक्षा गरिएको छ ।

परियोजना अन्तरगत नारायणी किनारमा पार्क, सेड, विश्राम स्थल, बंगैचा, हात्ति र गैंडाको मूर्ति, सौचालय , चमेना गृह लगायतका संरचना निर्माण गरिने भएको हो । दैनिक विहान र सांझको समयमा बृद्ध, बालबालिका देखी, फिल्म, डकुमेन्ट्री तथा बिभिन्न गीतको छायांकनका लागि समेत सुटिङ हवको रुपमा विकसित हुंदै गइरहेको उक्त स्थानको विकास गर्न सकेमा यसले पर्यटन प्रबद्र्धनका सासाथै नारायणी नदी किनारको संरक्षणमा समेत महत्वपूर्ण योगदान दिन सक्ने देखिएकोले यसको विकास गर्न लागिएको अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो ।

उद्योग वाणिज्य संघ–चितवनले स्थानिय रोटरी क्लब अफ वागिश्वरी संग सहकार्य गर्दै यस अगावै चेम्बर उद्यानमा फिटनेस सेन्टर समेत सञ्चालनमा ल्याएको छ । उक्त फुट ट्रायल यहि असार मसान्त सम्म निर्माण सम्पन्न भइसक्ने संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो ।

३१ वैशाख, भरतपुर,

Print