नेउवामहासंघको निर्वाचन

चितवनबाट दुई जना व्यवसायीले प्रतिष्पर्धा गर्ने । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११ देखी १३ गते सम्म सम्पन्न हुन लागेको ५४ औं वार्षिक साधारण सभा एवम् निर्वाचन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको प्रतिनिधित्व गर्दै २ जना पूर्वअध्यक्ष चुनावी मैदानमा उत्रिने भएका छन् । संघका पूर्वअध्यक्ष उत्तमलाल
चुके र निबर्तमान अध्यक्ष सहनलाल प्रधानले नेउवामहासंघको कार्यकारिणि समिति सदस्यको निर्वाचनमा भाग लिनको लागि आज उम्मेदवारी दर्ता गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघको विधान बमोजिम चुकेले संस्थापक सदस्य तर्फबाट र प्रधानले वागमति प्रदेशको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । उवासंघ चितवनको सचिवालयबाट अनलाईन मनोनयन–पत्र दर्ता गर्दै उम्मेदवार द्धयले जिल्ला÷नगर उद्योग वाणिज्य संघको स्तरोन्नती गर्दै देशको आर्थिक एवम् सामाजिक विकासमा निजि क्षेत्रको भूमिकालाई अझ बढि प्रभावकारी बनाउनका लागि आफुहरुले उम्मेदावारी दिएको बताउनु भयो । सोहि अवसरमा उवासंघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले उवासंघ चितवन नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य समेत रहेकोले यस संघको प्रतिनिधित्वले महासंघमा ठुलो अर्थ राख्ने बताउनु भयो । उहांले यस क्षेत्रको व्यवसायीक आवाजलाई बुलन्द गर्दै संघको साखलाई उचाईमा पु¥याउन उम्मेदवार द्धयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा ब्यक्त गर्दै दुवै उम्मेदवारको जीत सुनिश्चित भएको बताउनु भयो । २०२० सालमा स्थापित नेपाल उद्योग वाणिज्य महासंघमा प्रायका बर्षहरुमा उद्योग वाणिज्य संघ–चितवनको प्रतिनिधित्व रहंदै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । महासंघको बर्तमान कार्यसमितिमा पूर्वअध्यक्ष द्धय डा.तिलचन्द्र भट्टराई र कल्याण जोशीले प्रतिनिधित्व गरिरहनुका साथै पूर्वअध्यक्ष राजन गौतम बागमति प्रदेशको उपाध्यक्ष रहनु भएको संघका कार्यकारी निर्देशक केसीले जानकारी दिनु भयो । भरतपुर, २६ कार्तिक FNCCI election members from Chitwan Chamber of Commerce & Industry

Print