मिति २०७५ भाद्र ९ गते शनिबार चितवन महोत्सवको बाह्रौं संस्करण चितवन महोत्सव-२०७५ आयोजना गर्ने संम्बन्धमा आयोजक कमिटिको पहिलो बैठक उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष श्री सहनलाल प्रधानज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकबाट चितवन महोत्सव-२०७५, उद्योग वाणिज्य संघ-चितवन, जिल्ला सवन्मय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा मिति २०७५ पौष २५ देखि माघ ४ गतेसम्म नारायणी नदि किनार स्थित प्रदर्शनी मैदानमा आयोजना गर्ने निर्णय गरियो। चितवन महोत्सव -०७५ को मूल संयोजकमा उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष श्री सहनलाल प्रधानलाई चयन गरिएको छ। यसका साथै चितवन महोत्सव-२०७५ को आर्थिक समितिका संयोजकको रुपमा पूर्व अध्यक्ष श्री कल्याण जोशी र आयोजक कमिटीको सदस्य सचिवको रुपमा बरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठलाई चयन गरिएको छ। उक्त वैठकबाट चितवन महोत्सव-२०७५ को आधिकारीक लोगो समेत निर्धारण गरिएको छ।