5th China South Asia Expo and 25th china Kunming Import and Export Fair

सन् २०१८ को जुन १४ देखि २० तारीखसम्म चीनको कुनमिङ शहरमा 5th China South Asia Expo and 25th china Kunming

Import and Export Fair  मेला आयोजना हुने सहर्ष जानकारी गराईन्छ।
उक्त मेलामा सहभागिताको लागि स्टल भाडा प्रति स्टल रु. ३५,०००।– (पैतिस हजार)बुझाउनु पर्नेछ । साथै एउटै कम्पनीले २ वटा स्टल लिएकोमा रु. ५१,५००।– (एकाउन्न हजार पाँच सय) लाग्ने छ । धरौटी रकम वापत प्रति स्टल यु.एस.डलर १५० आयोजक संस्थालाई बुझाउनु पर्ने र सो धरौटी रकम मेला सम्पन्न भए पछि फर्काइने छ । धरौटी रकम उवासंघ-चितवन मार्फत नेउवामहासंघमा बुझाउनु पर्नेछ । उक्त मेलामा भाग लिन इन्छुक फर्म/कम्पनी/उद्योगको नाम सिफारिस गरी मिति २०७५ वैशाख २७ गतेभित्र उवासंघ-चितवनमाआईपुग्ने गरी पठाई दिनुहुन  सादर अनुरोध गरिन्छ ।
सिफारिस सहित निम्न लिखित कागजपत्र अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
१. फर्म/कम्पनी/उद्योग दर्ताको प्रमाणपत्र
२. भाग लिने जाने व्यक्तिहरु २ जनाको नाम, सम्पर्क नम्बर, इमेल, फ्याक्स नं. आदी
३. भाग लिने जाने व्यक्तिहरुको राहदानीको प्रतिलिपि (रंगिन)
४. स्थायी लेखा प्रमाणपत्र
५. १ प्रति पासपोर्ट साइजको फोटो
६. प्रदर्शनी गरिने वस्तुहरुको लिष्ट