उद्योग वाणिज्य संघ–चितवनको ५४ औं वार्षिक साधारण सभा

समुद्घाटन समारोह उद्योग वाणिज्य संघ–चितवनको ५४ औं वार्षिक साधारण सभाको समुद्घाटन सत्र २०७७ फाल्गुन २४ गतेका दिन संघको सभाहलमा (भौतिक एवम् भर्चुअल दूवै रुपमा) सम्पन्न भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त वार्षिक साधारण सभाको एक समारोह वीच उहा“ले पानसमा दिप प्रज्ववलन गरि समुद्घाटन गर्नुभभएको थियो । सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष ढकालले देशको समृद्धि निजी क्षेत्रको सहकार्यबिना सम्भव नहुने धारणा व्यक्त गर्दै सरकारले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याए देशमा प्रशस्त लगानी वातावरण सिर्जना हुनेमा जोड दिनुभएको थियो । हामीलाई पूर्वाधार निर्माणमा सहयोग गर्नुस्, उद्योग व्यवसायीमैत्री नीति ल्याउनुस् ,लगानी गर्न तयार छौं, वरिष्ठ उपाध्यक्ष ढकालले बताउनु भएको थियो । विदेशी लगानीलाई आकर्षण गरे देशको कर संकलनमा वृद्धि र रोजगारी सिर्जनाबाट समृद्धिमा टेवा पुग्ने भन्दै ७ वटै प्रदेशमा आइएमई ग्रुपले केबुलकार निर्माणको काम अघि बढाएकाले नवलपरासीको मौलाकालिका केबुलकार निर्माणमा चितवनका उद्योग व्यवसायीलाई सहकार्य गर्न उहांल आग्रह गर्नुभएको थियो । चितवका उद्योगी व्यवसायी संगको सहकार्यमा विकास निर्माणको कार्य अगाडि बढाउन आफु सदैव तत्पर रहेको बताउंदै उहांले बर्तमान अवस्थामा लगानी प्रबद्र्धन गरिनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नुहुंदै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले देश संघीय संरचनामा गएसंगै निजी क्षेत्रको भूमिका र जिम्मेवारी थपिएको बताउनु भएको थियो । कार्यक्रममा उहांले स्थानीय सरकारको सहकार्यमा उवासंघले पर्यटन प्रर्वद्धन गर्न सी मोडलबीचको निर्माण कार्य अघि बढाइरहेको जानकारी दिनु भएको थियो । व्यवसायीका लागि कर छुट, ब्याज छुटलगायत पुनर्लगानीका विषयमा उवासंघको पहलमा केही माग सम्बोधन गर्न सकिएको बताउंदै अध्यक्ष श्रेष्ठले मौद्रिक नीति तथा आर्थिक नीति मार्फत ल्याइएका कार्यक्रमहरुलाई लागु गर्न अनुरोध गर्दै कोरोनाका कारण प्रभावित बनेको उद्योग व्यवसाय क्षेत्रको प्रबद्र्धनमा थप ठोस कार्यक्रमहरु ल्याईनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले हरेक परिस्थितिमा आफूहरूले व्यावसायिक संस्थासँग मिलेर काम गर्दै आएको बताउनु भएको थियो । कोरोना कहरका बेला महानगरले उद्योगी व्यवसायीलाई करमा विशेष छुट दिएको र निजी क्षेत्रसँग सहकार्य गर्दै भरतपुरलाई नमुना महानगरका रूपमा विकास गर्न चाहेको उहांको धारण रहेको थियो । कार्यक्रममा महानगर प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरले पिपिपी अवधारणाबमोजिम २ अर्ब रुपैयाँभन्दा बढीको लागतमा व्यावसायिक भवन निर्माणका लागि निजी क्षेत्रसँगको सम्झौता अन्तिम चरणमा रहेको जानकारी दिनु भएको थियो सो अवसरमा विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको समग्र विकासमा भए÷गरेका कामको चर्चा गर्दै अब सबैको ध्यान विद्युतको अधिक खपत गर्ने गरी सोहीबमोजिम औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो । विद्युुतीय सवारी साधनको उपयोग बढाउन र भान्छामा हुने ग्यास प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउनुपर्ने उहांको आग्रह रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले देशको राजनीतिक वातावरणले औद्योगिक वातावरण बिग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार पहिलो सर्त रहेको धारणा राख्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो । ५४ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ (भर्चुअल रुपमा) जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, संघका निबर्तमान अध्यक्ष एव् नेउवामहासंघका कार्यकारिणसमिति सदस्य सहनलाल प्रधान, पूर्वअध्यक्ष महेन्द्रलाल प्रधान,रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष हिम्मत पुरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । समुद्घाटन समारोहकै अवसरमा संघद्धारा प्रकाशित विशेष बुलेटिनको विमोचन गरिएको थियो । संघका कार्यकारि निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको समुद्घाटन सत्रको समापन संघका वरिष्ठ उपाध्यक्ष्ँ चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन सहित सम्पन्न भएको थियो ।
दोश्रो सत्र (बन्द सत्र)

उद्योग वाणिज्य संघ–चिवतनको दोश्रो सत्र संघका अध्यक्ष श्री राजु श्रेष्ठको अध्यक्षतामा संघको सभाहलमा सम्पन्न भएको थियो । संघका अध्यक्ष श्री राजु श्रेष्ठले साधारणसभामा सहभागिताका लागि रजिष्ट्रेसन भएका सदस्य बमोजिम गणपुरक संख्या पुगेको घोषणा पश्चात दोश्रो सत्रको सुरुवात गरिएको थियो । दोश्रो सत्रमा संघका कार्यकारी निर्देशक निलबहादुर केसीद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन माथि छलफल गरि पारित गरिएको थियो । यसै गरि संघका वरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठज्यूबाट प्रस्तुत प्रस्तावहरु पनि बृहत छलफल पश्चात पारित गरिएको थियो । यसै गरि संघका प्रथम उपाध्यक्ष्ँ श्री सुमनकुमार श्रेष्ठज्यूबाट प्रस्तुत अर्थिक बर्ष २०७६।०७७ को आय व्यय विवरण र आगामी बर्ष २०७७।०७८ को अनुमानित आय व्यय विवरण सहित अनुमानित कार्यक्रम प्रस्तुत भई बृहत छलफल पश्चात पारित गरिएको थियो ।