उद्योग वाणिज्य संघ-चितवन र होटल व्यवसायी संघ चितवनको आयोजनामा वास्तु सेमिनार सम्पन्न

उद्योग वाणिज्य संघ-चितवन र होटल व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा २०७९ असार २० गते सोमबार उद्योग वाणिज्य संघ - चितवनको सभाहलमा वास्तु सेमिनार सम्पन्न भएको छ ।
व्यवसायमा आर्थिक प्रगतिको लागि वैज्ञानिक वास्तुको भूमिका विषयक उक्त सेमिनारमा सोती वास्तुका वास्तु विशेषज्ञ लक्ष्मि प्रसाद सोतीले वास्तुसास्त्रको वारेमा प्रशिक्षणमुलक प्रस्तुती प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै प्रशिक्षक सोतीले वास्तु के हो, यो किन आवश्यक पर्छ, यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले विशेषगरि घर, अफिस, उद्योग लगायतका क्षेत्रमा आर्थिक एवं सम्पुर्ण किसिमका लाभको लागि अपनाउनु पर्ने वास्तुसास्त्रका नियमको वारेमा जानकारी गराउनु भएको थियो ।
वास्तुसास्त्र कुनै धर्मसंग संवन्धित नभएको वताउँदै सोतीले वास्तुलाई विज्ञानले पनि प्रमाणित गरेको वताउनु भयो । वास्तु एक प्रकारको उर्जा भएको वताउँदै उहाँले वास्तु मिलाएर मात्रै सफल हुन सकिने दावी गर्नु भयो । विशेष गरि उहाँले नयाँ घर निर्माण गर्दा अपनाउनु पर्ने वास्तुको नियमको वारेमा व्याख्या गर्नु भएको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष चिरन्जीवी सुवेदी, सिरिष पन्त, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वराल, कमल शर्मा गौतम लगायत उवासंघ चितवन र होटल व्यवसायी संघ चितवनका पदाधकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले संचालन गर्नु भएको उक्त कार्यक्रममा होटल व्यवासयी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।