रोजगारि सृजना, रोजगारिको अवस्था, उपलब्ध जनशक्ति, बजारमा जनशक्तिको बिषयमा छलफल

भरतपुर/ नेपालका लागि switzerland का माहामहिम राजदुत Elisabeth von capeller सँग चितवनका निजि क्षेत्रको छलफल कार्यक्रम CMT Resort मा सम्पन्न भयो। कार्यक्रममा रोजगारि सृजना, रोजगारिको अवस्था, उपलब्ध जनशक्ति, बजारमा जनशक्तिको माग लगायत का बिषयमा छलफल गरियो। उधोग वाणिज्य संघ- चितवनको तर्फबाट उपाध्यक्ष राजेन्द्र ओलि, विशिस्ट सदस्य डा. रेवन्त भट्टराई र कार्यकारि निर्देशक निलबहादुर केसिको सहभागिता रहेको थियो।


सोहि अवसरमा उवासघ- चितवनको तर्फबाट उपाध्यक्ष राजेन्द्र ओलिले महामहिम राजदुतलाइ सचिवालयमा Business and employment information center संचालनको लागि सहयोग माग सहित अनुरोध पत्र हस्तान्तरण गर्नुभएको थियो।मागपत्र ग्रहण गर्दै माहामहिम राजदुतले अध्ययन गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।