भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत लाई संघमा स्वागत

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत लाई सयुक्त रुपमा स्वागत गरेको छ । भरतपुर महानगरपालिका र आन्तरिक राजश्व कार्यालयमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र प्रमुख कर अधिकृत निरन भट्टराईलाई संघमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समय उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध भरतपुर महानगरपालिका र आन्तरिक राजश्व कार्यालय दुबै कार्यालय सँग सुमधुर रहंदै आएको बताउंदै आगामी दिनहरुमा पनि सम्बन्ध अझ बढि प्रगाढ रहने अपेक्षा ब्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत गर्नुहुंदै अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि दुवै निकायहरु संग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले संघले विकासको सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम स्थानिय प्रशासन, आन्तरिक राजश्व कार्यालय, स्थानिय निकाय संग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले नारायणी नदी किनार विकासको प्रारुप संघले शुरुवात गरेको बताउदै उहांले नदि किनार विकास गर्न अर्थ संकलनका लागि महायज्ञ सञ्चालन समेत गरेको बताउदैं उहाँले आगामी दिनमा पनि नारायणी नदी किनारको विकास एवं व्यवस्थापनको जिम्मा उद्योग वाणिज्य संघ–चितवनलाई दिनुपर्ने माग समेत राख्नुभयो । कार्यक्रममा बोल्दै भरतपुर महानगरका प्रमुख प्रसासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भेटघाटले सहकार्यलाई मजबुद बनाउने भन्दै भष्टचारबाट हुने कर चुवावटलाई पुर्णरुपमा रोकावट गर्ने बताउदै उहाँले सार्वजनिक क्षेत्र र निजि क्षेत्रको सहकार्य अनिवार्य भएकोले संघ संग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।


सोही कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नविन भट्टराईले उद्योग वाणिज्य संघ–चितवनले राजश्व संकलन तथा आर्थिक चलायमान बनाउन गरेको योगदानको प्रशंसा गदैं उहाँले अवका दिनमा व्यवसायीहरुलाई प्रोजेक्टरमा देखाएर तालिम दिने भन्दा पनि परेको समस्यालाई अनलाईनमै डाटा भर्न सिकाउने बताउदै उहाँले उद्योग वाणिज्य संघ–चितवन सँगको सहकार्यलाई भोलिका दिनमा अझ मजबुद बनाउने बताउनु भयो । कार्यक्रममा संघका पदाधिकारी , कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ५५ जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी बताउनु भयो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।
गणेश सुवेदी
कार्यक्रम अधिकृत