व्यवसाय प्रवद्र्वन तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सम्पन्न कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक

दिवसिय व्यवसाय प्रवद्र्वन र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनको सयुक्त आयोजनामा व्यवसाय प्रवद्र्वन तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै कार्यक्रमका प्रमुख अतिथि पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मनहरी वस्यालले पुस्तक तथा स्टेशनरी व्यवसायको प्रकृती थोरै पुजिँले व्यवस्थीत गर्न सकियो भने मात्र व्यवसायमा सफल हुने बताउदैं उहाँले व्यवसायीहरुको हकहितको लागि केन्द्रीय समिति लागिरहने बताउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजि“ मार्गदर्शन २०७९ अधिनमा रहि बैंकहरुले गरेको व्याजदर वृद्वि विरुद्ध उद्योग वाणिज्य संघ–चितवन लागिरहेको बताउदैं, यहि पौष २५ गते देखि माग ४ गते सम्म आयोजना गर्न लागिएको चितवन महोत्सव–२०७९ मा प्रदर्शकको रुपमा या त्यसै भएपनी महोत्स सफल बनाउन सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गनुभयो । कार्यक्रममा प्रशिक्षण गर्दै प्रमुख प्रशिक्षक रविन कुमार कटुवाले व्यवसाय प्रवद्र्वनमा नेतृत्व विकासको भुमिका विषमा व्यवसायीहरुलाई प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष किरणकुमार खनाल, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव शिवसागर शर्मा, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका निवर्तमान अध्यक्ष, राजेन्द्र तिवारी, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका कार्यक्रम संयोजक काजिराम चौधरीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका बस्तुगत अध्यक्षज्यूहरु, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका कार्यसमिति पदाधिकारी र व्यवसायी गरि १५० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चिवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष उद्योग विक्रम बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनका महेन्द्र कोइरालाले सञ्चालन गर्नुभएको थियो ।

१९ कार्तिक, भरतपुर

गणेश सुवेदी
कार्यक्रम अधिकृत