Warning: file_get_contents(https://ojs1.cjournal.cz/new/): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/chitwan_chambers/web/ccichitwan.org.np/public_html/index.php on line 4
दाङका उद्यमी व्यसावयी चितवनमा
दाङका उद्यमी व्यसावयी चितवनमा

दाङका उद्यमी व्यसावयी चितवनमा

उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य

संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।

नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुका साथै औद्योगीक क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने सर्दभमा उद्योग वाणिज्य संघ–चितवन आएको हो । स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उहा“हरुलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिदैं अध्यक्ष श्रेष्ठले सरकारले लागु गरेको सङ्कुचनकारी मौद्रिक नीतिका कारण व्यवसायीहरुलाई समस्या परेको बताउदै उहा“ले निजी क्षेत्रका संलग्नता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले नीजि क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतीको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनुहुदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहांले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउनुभयो । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा संघका पुर्व अध्यक्ष, कार्यसमिति सदस्य, लगायत २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्षत्रय, चिरञ्जीवी सुुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, तथा संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थिए । उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ चितवका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको थियो ।
१७ माघ, भरतपुर