विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई उद्यमशिल बनाउन जोड

विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई उद्यमशिल बनाउन जोड

भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सभालमा आज

एक दिने उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशाला सम्पन्न भएको छ । हाल अध्ययानरत विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ र शैक्षिक प्रणालीमा के सुधार गरियो भने स्वरोजगार तिर आर्कषित हुन्छन् भन्ने विषयहरुको जानकारी लिन यस कार्यक्रमको आयोजना गरिएको हो । मैयादेवी कन्या कलेजको आयोजना, उद्योग वाणिज्य संघ–चितवनको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशालामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मैयादेवी कन्या कलेजका संरक्ष प्रेमकुमार श्रेष्ठले हातमा सर्टिफिकेट भएर मात्र व्यक्ती रोजगारीका लागि उपयुक्त नहुने भन्दै आवश्यकता अनुसारको शिक्षा र अनुभवको खा“चो रहेको बताउनुभयो । उहा“ले निजी क्षेत्र र शैक्षिक संस्थाहरु मिलेर उद्यमशिलता विकाशका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बताउनुभयो । यसै कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले निजी क्षेत्र र शैक्षिक संस्थाहरु विचको ज्ञान साझेदार गरेर चितवन जिल्लाको आर्थिक, सामाजिक, क्षेत्रको विकासको साथ साथै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्ने तथ्याङ्क उपलब्ध गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र उद्योग र शैक्षिक संस्थाहरु विच एक आपसमा आवश्यकता र समस्याहरुबारे समधान खोज्न यस कार्यक्रम महोत्वपुर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मैया देवी कन्या कलेजका प्रधानाध्यापक भोजराज न्यौपानेले अन्तरराष्ट्रिय स्तरमा प्रतिशपर्धा गर्ने शैक्षिक जनशक्ती उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रलममा बोल्दै भुवानी शंकर कलेजका पूर्व प्राधानाध्यापक बालकुमार श्रेष्ठले अहिलेका यूवाहरु भविश्यको खोजी गर्दै बढ्दो विदेश पलायनले भईरहेको अवस्थामा यस्ता कार्यक्रमले नेपालमै उद्यमशिलता र रोजगारीलाई जोड्ने बताउनु भयो । कार्यशालामा ४ वटा शिर्षकमा स्रोत व्यक्तीहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । व्यापार, व्यवसाय र उद्यमशिलताका विषयमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो । पर्यटन र उद्यमशिलताका विषयमा उद्योग वाणिज्य संघ–चितवनका विशिष्ट सदस्य एवं पर्यटन विज्ञ डा. विश्वराज सुवेदी प्रस्तुतीकरण गर्नुभएको थियो । कृषि र उद्यमशिलताका विषयमा डा. सुनिल पोख्रेलले प्रस्तुतीकरण गर्नुभएका थियो । सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सी ले उद्यमशिलता व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, शहीद स्मारक कलेजका प्रधानाध्यापक बसन्तकुमार पौडेल, अरूणोदय कलेजका प्रधानाध्यापक कुमार रावत, उमाबडी कलेजका प्रधानाध्यापक सुर्यनारायण महतो, हरि कुमार स्मारक कलेजका प्रधानाध्यापक नविन न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्यहरु, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरू, मैयादेवी कन्या कलेजका सहायक प्रधानाध्यापक, विभिन्न कलेजका प्राध्यापक, कर्मचारी , उद्योगी, व्यापारी र विभिन्न कलेजका विद्यार्थीहरू गरी १०० जनाको सहभागीता रहेको उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।