विश्व बैंक र चितवनका उद्यमी वीच अन्तरक्रिया कार्यक्रम

विश्व बैंक र चितवनका उद्यमी वीच अन्तरक्रिया कार्यक्रम

उद्योग वाणिज्य संघ चितवन, नेपाल उद्योग

वाणिज्य महासंघ र विश्व बैंक अन्तरगतको अन्र्तराष्ट्रिय वित्त निगम विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चिवतन जिल्लाका व्यवसायीको बर्तमान अवस्था चितवन जिल्लामा लगानीको सम्भावित क्षेत्रको पहिचान र लगानी प्रक्रियाको वारेमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले अन्तरक्रियका कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रियका कार्यक्रममा प्रस्तुतीकरण दिंदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन जिल्ला विविधताको जिल्ला भएको  र आर्थिक गतिविधिका हिसावले लगानी मैत्री रहेको बताउंदै चितवनमा लगानी भित्राउन आवश्यक रहेको बताउनु भयो । उहाँले कुल ग्राहस्थ उत्पादनमा ८५ प्रतिशत भन्दा पनि बढि योगदान दिएको निजी क्षेत्रलाई राज्य स्तरबाट उपलब्ध हुन सक्ने राहतका कार्यक्रम र लगानी मैत्री वातावरण सिर्जना हुन नसकेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र औद्योगिक स्थिति र सम्भावित लगानीको वारेमा प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा अन्र्तराष्ट्रिय वित्त निगमका नेपालका लागि आवसिय प्रमुख बाबाकार एस फाएले विभिन्न विकाससिल राष्ट्रहरुमा लगानी गर्ने सन्दर्भमा नेपालको औद्योगिक एवम् व्यवसायिक विकासमा योगदान पु¥याउन कार्यक्रमले सहयोग पु¥याउने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै उवासंघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बर्तमान जटिल परिस्थितिमा उद्यमी व्यवसायीहरूलाई राहत पुग्ने तवरले औद्योगिक विकासमा समेत योगदान पु¥याउंदै लागनी गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रको तर्फबाट उद्योग वाणिज्य संघ चितवन सदैव यस क्षेत्रको विकासमा सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।

अन्तराष्ट्रिय वित्त निगमको तर्फबाट भिष्म पण्डित, दिवस ढकाल , अश्विन नेपाल र रबिकान्त अग्रवालले प्रस्तुती दिंदै सहभागिको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो  । वित्त निगमले चितवन जिल्लाको पर्यटन पूर्वाधार, कृषि उद्यम, दिगो पूर्वाधार विकास र उद्यमशिलताका क्षेत्रमा लगानी गर्दै आएकोले चितवनमा पनि सोको सम्भावनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी, कार्यसमिति सदस्य , क्षेत्रिय उवासंघका अध्यक्ष, कृषि र पर्यटन क्षेत्रका विज्ञ, विभिन्न वस्तुगत संघका अध्यक्ष लगायत ५० जना व्यवसयीको सहभागिता रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृतले गराउनु भयो ।

१४ जेठ, भरतपुर