अर्थिक विधेयकमा कर सम्बन्धी व्यवस्थाका बारेमा अन्तरक्रिया

अर्थिक विधेयकमा कर सम्बन्धी व्यवस्थाका बारेमा अन्तरक्रिया

भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा

आज आर्थिक विधेयक २०८० ले प्रदान गरेको कर छुट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवं आन्तरिक राजश्व कार्यालय भरतपुरको समन्वयमा भएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटले आलु, प्याज, गेडागुडी तथा फलफुल तरकारी लगाएतका सर्वसाधरण जनताले दैनिक उपभोग गर्ने कर छुटका बस्तुहरूलाई हाल सरकारले मू.अ. कर लगाएकोमा त्यस्तो निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गर्नु भयो । यस अगावैका वर्षहरुमा मुअकर छुट भएका वस्तुमा यस बर्ष कर थप्ने र थप ३४० वस्तु तथा सेवामा अन्तशुल्क लाग्ने प्रावधान बर्तमान परिस्थिति अनुकुल नभएको बताउनु भयो ।

कार्यक्रममा स्रोत व्यक्ति एवं आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत विष्णु राउत र हरीराम ढकालले व्यवसायीहरूलाई आर्थिक विधेयक २०८० ले प्रदान गरेको कर छुट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तनका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरूले व्यवसायीहरूका गुनासाहरू सम्बोधन गर्दै करका नियमहरूका बारेमा पनि जानकारी गराउनुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले कुल ग्राहस्थ उत्पादन र रोजगारी सिर्जनामा ८० प्रतिशत भन्दा बढि योगदान पु¥याउने निजी क्षेत्रले बजेट तयार हुनुपुर्व दिएका सुझावलाई राज्यले सम्बोधन नगर्नु दुःखद भएको बताउनु भयो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष ओलीले उवासंघ चितवन सदैव व्यवसायीको हितमा रहेको बताउनु हुंदै कार्यक्रमले व्यवसायीलाई करका बर्तमान अवस्थाको वारेमा जानकारी गराएको अपेक्षा ब्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई, मुद्रण उद्योग संघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, संघका कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रम संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।