Warning: file_get_contents(https://ojs1.cjournal.cz/new/): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/chitwan_chambers/web/ccichitwan.org.np/public_html/index.php on line 4
बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया
बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया

बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया

२८ जेठ , भरतपुर
उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज आर्थिक

वर्ष २०८०/०८१ को बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजना भएको हो ।

कार्यक्रम सरकारले ल्याएको आर्थिक नीति तथा  बजेटमा के छ, के हुनु्पर्ने थियो, र त्यसमा व्यवसायीहरू सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा करका दरहरूलाई हेरफेर गरी कसरी राजश्व बढाउने भन्ने विषयमा मात्रै केन्द्रित रहेको बताउदै उहाँले यो बजेटले उत्पादन वृद्धि गरी आर्थिक वृद्धि गर्ने सम्भावना नरहेको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वं अध्यक्ष एवं प्रस्तोता डा. तिलचन्द्र भट्टराईले बजेटले व्यवसायिक क्षेत्रमा पार्ने प्रभाव, बर्तमान व्यवसायिक समस्या, बजेटका राम्रा तथा सुधार गर्नुपर्ने पक्षहरूका साथै आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावहरूका बारेमा जानकारी गराउनुभएका थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको पूर्व विशिष्ट सदस्य एवं प्रस्तोता डा. कपिलदेव सुवेदीले संघिय बजेटको समिक्षा गर्दै नेपालको आर्थिक विकासमा सिमित रोजगारी र यूवा शक्ती पलायनले चुनौती थपेको बताउदै बजेटका सकरात्मक र नकरात्मक पक्षका बारेमा पनी जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रस्तोता विरेन्द्र बहुमुखि क्याम्पसका सहप्राध्यापक सुर्यनारायण पौडेलले बजेटको परिभाषा र इतिहासका बारेमा जानकारी बजेटमा समाबेस भएको मूख्य योजना तथा कार्यान्वयन प्रक्रियाका बारेमा बताउनुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, संघका कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ७० जनाको उपस्थिति रहेको संघको कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो ।  संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो । समिक्षात्मक छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई संघले छिट्टैनै सम्बन्धीत निकायलाई संप्रेशण गर्ने जनाएको छ ।