Warning: file_get_contents(https://ojs1.cjournal.cz/new/): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/chitwan_chambers/web/ccichitwan.org.np/public_html/index.php on line 4
शेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्मन्न
शेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्मन्न

शेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्मन्न

उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा

आज उद्योग वाणिज्य संघ–चितवन र नारायणगढ लेडी जेसीजको आयोजना एवं सनी सेक्यूरिटिज कम्पनी लि.को सह आयोजनामा शेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योगी व्यवसायी एवं गृहिणी महिलारूलाई शेयर बजार सम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि उत्तमलाल चुकेले नेपालको शेयर बजार सरकारमा रहेका कुनै व्यक्तीले केही अभिव्यक्ती दिदैमा शेयर बजारमा उतारचडाव भईरहने भएकाले शेयर बजारमा लागानी गर्दा समयमा नै विचार पु¥याएर लगानी गर्न लगानी कर्तालाई सुझाव दिनुभएको थियो । सोही कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले शेयर बजारको विना ज्ञान लागानी गर्दा लगानी डुव्ने खतरा भएकाले आफुले लगानी गर्न चाहेको कम्पनीको वारेमा अध्ययन गरेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिनुपर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख मध्यस्थकर्ता सुभाषचन्द्र भट्टराईले प्रस्तुतीकरण दिंदै उहाँले शेयर बजारका तत्वहरु, नेपाल स्टक एक्सचेनको इतिहास, शेयर बजारको पृष्टभुमी शेयर बजारमा लगानी गर्ने तरिका लागायत शेयर बजारमा सफलता हुने तरीकाहरुका बारेमा बताउनु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष राजु श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त उद्योग वाणिरज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, सनी सेक्यूरिटिज कम्पनी लि. नारायणगढ शाखाका प्रमुख उज्जल पौडेल, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी र कार्यसमिति विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, नारायणगढ जेसीजका अध्यक्ष लगायत  १५० जना भन्दा बढिको  सहभागिता रहेको थियो । नारायणगढ लेडी जेसीजको अध्यक्ष सुस्मीता श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम नारायणगढ लेडी जेसीजका महासचिव गौरी गुरूङले सञ्चालन गर्नुभएको थियो ।

२१ असार, भरतपुर