नाप्ने तौलने यन्त्रहरुको जाँच पास तथा नविकरण

गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, बीरगंजबाट नापतौल

तथा नाप्ने तौलने यन्त्रहरुको जा“च पास तथा नविकरणका साथै नयाँ अनुमति पत्र वितरण गर्नका लागि सो कार्यालयका निरिक्षक श्रीकान्त चौधरी‍‍‍को नेतृत्वमा खटिइ आएको विभागीय टोलीले संघको कार्य क्षेत्र भित्रका उद्योगी तथा व्यवसायीहरुको उद्योग व्यवसायमा प्रयोग भईरहेका नापतौलमा प्रयोग हुने यन्त्रहरु जाँच पास तथा नविकरण गर्न गराउनमा सहयोग पु¥याएको थियो ।


उद्योग वाणिज्य संघ–चितवनको अनुरोधमा चितवनमा आएको टोलीले २०८० श्रावण १४ गते देखी १९ गते सम्म विहान १०ः०० बजे देखी दिउसो ५ः०० बजे सम्म संघको परिसरमा नाप्ने तथा तौलने यन्त्रहरुको जा“च पास तथा नविकरण गर्ने कार्य गरेको थियो । यस अवधिमा टोलीले ३४९ जना उद्योगी तथा व्यवसायीहरुको नाप्ने तथा तौलने यन्त्रहरुको परिक्षण गरी अनुमति पत्र प्रदान गरेको थियो ।