उद्योग वाणिज्य संघ–चितवनद्धारा मरतपुर महानगरपालिकाको ध्यानाकर्षण

उद्योग वाणिज्य संघ–चितवनद्धारा मरतपुर महानगरपालिकाको ध्यानाकर्षण

उद्योग वाणिज्य संघ चितवनले

मिति २०८० असोज ८ गते नारायणगढ भरतपुर क्षेत्रका व्यवसायीहरुको पछिल्ला समस्याको विषयमा भरतपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । उद्योग वाणिज्य संघ चितवनले विभिन्न वस्तुगत संघहरुको सहभगितामा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले भरतपुर महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।


उद्योग वाणिज्य संघ चितवनले विशेष गरि मुख्य चार विषयमा भरतपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । संघले निर्माणाधिन पुल्चोक गोन्द्रङ सडक छिटो सम्पन्न गर्नुपर्ने, पुर्वी र पश्चिम चितवनवाट आएका सवारी साधनहरुलाई नारायणगढ बजारमा प्रवेश गरि पिक एण्ड ड्रपको व्यवस्था मिलाउनु पर्ने, मेला महोत्सवहरु प्रमोसनको हिसावले छोटो समयमात्रै संचालन हुनुपर्ने, नारायणगढ बजारमा ट्राफिक तथा पार्किङ व्यवस्थापनमा ध्यान दिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई ध्यानाकर्षण पत्र वुझाईएको थियो ।  
निर्माणाधिन सडकले गतिलिन नसक्नु, पुर्वी र पश्चिम चितवनवाट आएका सवारी साधन नारायणगढ प्रवेश गर्न नपाउनु, लामो समय मेला महोत्सव हुनुले भरतपुर नारायणगढका व्यवसायीहरु समस्यामा परेको निश्कर्ष सहित उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा महानगरपालिकाको ध्यानाकर्षण गराइएको थियो ।