उद्योग वाणिज्य संघ–चितवनका
तालिम कक्षमा आज दुई दिवसीय रणनीतिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चिवनले आफ्नो सचिवालयमा स्थापना गर्न लागेको व्यवसाय विकास केन्द्र तथा चेम्बर लर्निङ सेन्टरको लागि रणनीतिक कार्ययोजना गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक विकास बिना समग्र मुलुकको आर्थिक समृद्धि असम्भव हुने बताउँदै संघले उद्यमशीलता विकासको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले संघबाटनै व्यवसाय विकास र निर्यात प्रर्वद्धनको लागि उद्योग वाणिज्य संघमानै व्यवसायिक विकास केन्द्र स्थापना गर्न लागिएको बताउनु भयो । गोष्ठीमा आगामी ३ वर्षे समयावधिमा संघमा स्थापना हुन लागेको व्यवसायिक विकास केन्द्रले उद्योगी व्यवसायहरुलाई व्यवसाय विकास सम्बन्धी सेवाहरु, लगानीको तयारी, अन्तरराष्ट्रिय अनुभव, परामर्श तथा मार्गदर्शन, अवसर र बजारमा पहुँच, नवप्रवद्र्धन व्यवसाय सम्बन्धीका कार्यक्रमको कार्ययोजना तर्जुमा गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभएको थियो ।
संघमा स्थापना गर्न लागिएको सेवा केन्द्रको लागि युएसएआईडी, रुप अफ द वर्लड नामक संस्थाले सहयोग गर्ने संघले जनाएको छ । रुप अफ द वर्लडका निरज खनाल, दिलिप गुरुङ र निश्चल सिँह भण्डारीले रणनीतिक कार्ययोजना गोष्ठीको सहजिकरण गर्नुभएको थियो । संघले जेठ २८ र २९ गते गरि दुई दिन सम्म सञ्चालित कार्ययोजना तर्जमा गोष्ठीले व्यवसाय विकास केन्द्र सञ्चालनको लागि तिन वर्षे रणनीतिक योजना र वार्षिक कार्यान्वयन योजना तयार गरेको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको पदाधिकारी, कार्यसमिति र कर्मचारी गरी २५ जनाको सहभागीता रहेको थियो ।
२९ जेठ, भरतपुर