सेयर  सम्बन्धी सचेतना कार्यक्रम सम्मन्न

सेयर सम्बन्धी सचेतना कार्यक्रम सम्मन्न


उद्योग वाणिज्य संघ–चितवनको

आयोजनामा आज संघको तालिम कक्षमा सेयर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  उद्योगी व्यवसायीलाई सेयर बजार सम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा  स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले नेपालको सेयर बजार सरकारमा रहेका कुनै व्यक्तीले केही अभिव्यक्ती दिँदैमा बजारमा ठुलो उतारचढाव भइरहने भएकाले सेयर बजारको ज्ञान नलिकन लागानी गर्दा लगानी डुब्ने खतरा हुने हुदाँ आपूmले लगानी गर्न चाहेको कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष एवम् कार्यक्रमका प्रमुख मध्यस्थकर्ता ज्ञानेन्द्रलाल प्रधानले प्रस्तुतीकरण दिँदै सेयर बजारका तत्वहरू, नेपाल स्टक एक्सचेञ्जको इतिहास, सेयर बजारको पृष्ठभूमी, सेयर बजारमा लगानी गर्ने तरिका लगायत सेयर बजारमा सफलता हुने तरीकाहरूका बारेमा बताउनु भएको थियो ।
उद्योग वाणिज्य संघ–चितवनको द्वितीय उपाध्यक्ष अशोक अधिकारीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्यज्यूहरू, वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीज्यूहरू, उद्योगी व्यवसायी गरी करिव ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

 ५ भदौ, भरतपुर