बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवनमा स्वागत

बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवनमा स्वागत

 

उद्योग वाणिज्य संघ चितवनले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बागलुङ उद्योग वाणिज्य संघका भ्रमण टोलीलाई स्वागत गरेको छ । विभिन्न उद्योग वाणिज्य संघहरुको अवलोकन भ्रमणको क्रममा चितवन आएको उक्त टोलीलाई उद्योग वाणिज्य संघ चितवनमा स्वागत गरिएको हो ।


भ्रमण टोलीमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, निर्वतमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य युवराज राजभण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेललगायतको सहभागिता रहेको थियो । सो अवसरमा दुई वटा उद्योग वाणिज्य संघहरुका विचमा दुवै जिल्लाको आर्थिक विकासको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्रमण टोलीका सदस्यहरुलाई खादा लगाएर स्वागत गरिएको हो । भ्रमण टोलीका सदस्यहरुलाई स्वागत गर्दै उवासंघ चितवनका अध्यक्ष श्रेष्ठले संघको इतिहास र वर्तमान अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा वोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले वाग्लुङको आर्थिक, औद्योगिक एवं व्यवसायिक अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष चिरन्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, द्धितीय उपाध्यक्ष अशोक अधिकारी, तृतीय उपाध्यक्ष नारायण प्रधान लगायत कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले सञ्चालन गर्नु भएको थियो ।