२६ कार्तिक, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनले गोरखा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उक्त संघ उद्योग वाणिज्य संघ–चितवनमा आएको हो ।
स्वागत एवम् छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताउनुभयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिंदै अध्यक्ष श्रेष्ठले यस्ता किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सम्बन्धित निकाय सँग पहल गर्नुपर्ने दुवै संघका साझा समस्याहरूको पनि पहिचान हुने बताउनुभयो । उहाँले यही पौष २५ गते देखी १५ औँ संस्करणको चितवन महोत्सव आयोजना गर्न लागेको जानकारी गराउँदै गोरखाको उत्पादन प्रदर्शनी एवम् बजारीकरणका लागि ल्याउनका साथै चितवन महोत्सवको निमन्त्रणा दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् गोरखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चितवन र गोरखा व्यावसायिक गाँउ वेसी भएको बताउँदै गोरखामा भएका लगानी सम्भावनाका बारेमा जानकारी गराउदै चितवनको व्यवसायीलाई गोरखामा लगानी गर्न आउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले
स्वागत गर्दै दुई संघहरूको विगत देखीको सम्बन्धमा बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वोल्दै गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनुहुदै व्यवसायिक ऐक्यवद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा लगानी विस्तार देखी उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, झनजटीलो कर प्रणाली लगायतका विषयमा दुई उद्योग वाणिज्य संघ विच साझा धारण बनाएर समस्या समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषमा प्रतिवद्ध भएका थिए ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत २३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष दय अशोक अधिकारी र नारायण प्रधान लगायत कार्यसमितिका सदस्यहरू कार्यकारी निर्देशक निलबहादुर के.सी, लगायत कार्मचारीहरूको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।