उद्योग वाणिज्य संघ–चितवनको टिम गण्डकी प्रदेशका उवासंघहरुको भम्रणमा, साझा आर्थिक एजेण्डा र आगामी बजेटका बारेमा छलफल हुने

उद्योग वाणिज्य संघ–चितवनको टिम गण्डकी प्रदेशका उवासंघहरुको भम्रणमा, साझा आर्थिक एजेण्डा र आगामी बजेटका बारेमा छलफल हुने

१२ फाल्गुन, भरतपुर उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा भ्रमण जान लागेको टोलीलाई आज एक कार्यक्रमका विच विदाई गरिएको हो । गण्डकी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघहरूले गरेका क्रियाकलाप, देशको आर्थिक अवस्था सहजिकरणका लागि अवश्यक सल्लाह, विचार तथा सिपको आदान प्रदान, गर्ने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो । भ्रमणको विदाई कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न जिल्लाहरुमा चितवनका पर्यटकीय गन्तव्यहरुको बारेमा पहिचान गराउनुका साथै देशको आर्थिक समृद्धिमा निजी क्षेत्रका धारणहरु संकलन एवम् आगामी आ.व. २०८२/०८३ को बजेट निर्माण तथा राजश्व नीति तर्जुमा गर्ने सम्बन्धमा आवश्यक राय सुझाव संकलनका साथै राजश्व नीतिमा गर्नुपर्ने सुधारका बारेमा छलफल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको बताउनुभयो । दुई दिने उक्त भ्रमणमा गण्डकी प्रदेशका तनहुँ, कास्की, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाकोे जिल्ला तथा नगर उद्योग वणिज्य संघहरुसँग अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको थियो । भ्रमण टोलीलाई सोमबार उद्योग वाणिज्य संघ– चितवनको परिसरमा एक कार्यक्रमका विच विदाई गरिएको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा गएको भ्रमणटोलीमा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी लगायत कार्यसमिति सदस्यज्यूहरु गरी १७ जनाको सहभागिता रहेको थियो । उक्त भ्रमण टोलीलाई उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले विदाई गर्नुभएको थियो ।

mar

Here is some scrolling text... right to left!