दमक उद्योग वाणिज्य संघका अध्यायन अनुगमन टोलीलाई चितवनमा स्वागत

दमक उद्योग वाणिज्य संघका अध्यायन अनुगमन टोलीलाई चितवनमा स्वागत

भरतपुर÷दमक उद्योग वाणिज्य संघको अध्यायन अनुगनम टोलीलाई शनिबार संघमा स्वागत एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाई (गोपाल) को नेतृत्वमा चितवन आएको अध्यायन अवलोकन टोलीलाई स्वागत सहित छलफल कार्यक्रम सम्पन्न भएक हौ। उद्योग वाणिज्य संघ चितवनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाई प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले उवासंघ चितवनको इतिहास र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा चितवन र झापाको आर्थिक विकासको लागि गर्न सकिनै सहकार्यका विषयमा छलफल भएको थियो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाईको नेतृत्वमा चितवन आएको भ्रमण टोलीमा संघका निवर्तमान अध्यक्ष एवं नेउवामका कार्यसमिति सदस्य गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजु खड्का, द्धितीय उपाध्यक्ष ज्ञान नाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, लेखा समिति संयोजक नेत्र प्रसाद चम्लागाई, कार्यसमिति सदस्य हेम सागर अधिकारी, कमल बटुवाल, संजीव बराल, तीलक बहादुर डाँगी, पशुपती अधिकारी, सन्तोष शाह, लेखा समिति सदस्य पदम बहादुर राउत, उवासंघ चितवनका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

mar

Here is some scrolling text... right to left!