
रामेछाप उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत एवम् छलफल कार्यक्रम सम्पन्न
चैत्र १७, भरतपुर
रामेछाप उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आइतबार संघमा स्वागत एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा को नेतृत्वमा चितवन आएको अध्यायन अवलोकन टोलीलाई स्वागत सहित छलफल कार्यक्रम सम्पन्न भएक हौ ।
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले उवासंघ चितवनको इतिहास र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुका साथै नीजि क्षेत्रको विकासका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघको साझा आर्थिक एजेण्डा तय गर्नुपर्ने बताउ“दै संघले यसको नेतृत्व गर्न तयार भएको बताउनु भयो । सो कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापाले उवासंघ–चितवनले नेतृत्व गर्ने सबै खाले मुद्दाका ऐक्यबद्धता रहेने बताउनु भएको थियो ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा नेतृत्वमा चितवन आएको भ्रमण टोलीमा संघका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे, विशिष्ट सदस्य जय प्रकाश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायतका सहभागीता रहेको थियो भने उवा संघ–चितवनको तर्फबाट निबर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ , कार्यकारी निर्देशक निलबहादुर के.सी लगायत कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।