नेपालका क वर्गका उवासंघहरु मध्य उद्योग वाणिज्य संघ–चितवन उत्कृष्ट हुन सफल

नेपालका क वर्गका उवासंघहरु मध्य उद्योग वाणिज्य संघ–चितवन उत्कृष्ट हुन सफल

२८ चैत्र, भरतपुर चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ–चितवन उत्कृष्ट उद्योग वाणिज्य संघ छनौट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामाको अवसरमा क वर्गका उद्योग वाणिज्य संघहरु मध्य उद्योग वाणिज्य संघ–चितवन उत्कृष्ट भएको छ । उद्योग वाणिज्य संघ–चितवनले औद्योगिक तथा व्यवसायिक विकासमा खेलेको भूमिका, चितवन जिल्लाको सामाजिक आर्थिक विकासमा खेलेको भूमिका, राजश्व सम्बन्धी नीति नियममा गरेको वकालत, चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिको विकासमा खेलेको भूमिका, सचिवालय, संघका सदस्यहरु लगायत विभिन्न विदाहरुको मूल्याङ्कन गर्दा क वर्गका उद्योग वाणिज्य संघहरु मध्य उत्कृष्ट हुन सफल भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभाको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रदान गर्नुभएको सम्मान पत्र र मायाँको चिनो उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ ग्रहण गर्नुभएको थियो । महासंघको साधारण सभामा उद्योग वाणिज्य संघ–चितवनबाट अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र उपाध्यक्ष अशोक अधिकारीको सहभागिता रहेको थियो ।