उवासंघ चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी डिजिटल सक्षरता एवम् साईबर सुरक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न

उवासंघ चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी डिजिटल सक्षरता एवम् साईबर सुरक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न

१९ बैशाख, भरतपुर उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज डिजिटल साक्षरतागनु एवम् साईबर सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको सयुक्त आयोजनामा भएको हो । कार्यक्रम डिजिटल उकपरण कसरी प्रयोग गर्ने र त्यसका नीति निमयमका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेकोमा यस वर्ष देखि सूचना प्रविधिलाई पनी विकासको पूर्वधारको रुपमा अगाडी सारेको बताउनुभयो । उहाँले उद्योग व्यवसाय पनी अहिलेको प्रतिसपर्धात्तम्क समयमा प्रविधिसँग जोडिन र प्रयोग गर्न आग्रह गर्दै सूचना प्रविधिका माध्यमले व्यवसाय प्रवर्द्धन गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले देशमा साईबर हमलाको धटना बढ्दै गईरहेको र साईबर जोखिम बढे अनुसार सरकारले समधानको उपायका बारेमा विकास गर्न नसकेको बताउँदै यस पारिवारिक विचलन भएका उदाहरण दिदै डिजिटल उपकरण चलाउन सबैले जान्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा बोल्दै क्यान नेपाल केन्द्रीय सदस्य भानु शर्माले नेपालको समग्र विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताउदै नेपालमा सूचना प्रविधिको विकासको क्रमका बारेमा बताउनुभएको थियो । कार्यक्रमको प्रस्तोता ई. राजकुमार सापकोटाले डिजिटल साक्षरताका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर दिपक प्रसाद रिजाले साईर सुरक्षमका बारेमा प्रस्तुतिकरण गर्नुनुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर के सी, कार्यसमिति सदस्यज्यूहरु, क्यान चितवनका पदाधिकारी कार्यसमिति, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरु लगायत उद्योगी व्यवसायी गरी ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवम् सूचना प्रविधि व्यवस्थापन समितिका संयोजक सन्तोष जनक भुसालले सञ्चालन गर्नभएको थियो ।