चितवन प्रहरी प्रमुख गोविन्द पुरीलाई उवासंघ–चितवनमा स्वागत

चितवन प्रहरी प्रमुख गोविन्द पुरीलाई उवासंघ–चितवनमा स्वागत

२८ वैशाख, भरतपुर उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक गोविन्द पुरीलाई संघमा स्वागत गरेको हो । स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउनु भयो । उहाँले विगत लामो समय देखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडी बढेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत गर्नुहुँदै अध्यक्ष श्रेष्ठले पर्यटनलाई केन्द्रीत गरेर कार्यक्रम सञ्चालन गर्न सकिएमा आर्थिक चलायमान हुने बताउँदै पर्यटकीय सुरक्षाका लागि अनुरोध गर्नुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरी सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै चितवन बसासईको पूर्ण सफलताको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताउँदै उहाँले शान्ति सुरक्षा व्यवस्थापनमा उद्योगी, व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा व्यÏ गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले संघले आर्थिक, सामाजिक, औद्योगिक र व्यवसायिक विकासमा खेलेको भूमिकाको बारेमा बताउँदै पार्किङ्ग व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने तर्फ ध्यान दिन अनुरोध गर्दै पार्किङ्ग व्यवस्थापनमा उद्योग वाणिज्य संघ–चितवन पनि सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा संघका उपध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर के.सी लगायत संघका कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।