आर्थिक पत्रकारिता तालिम सम्पन्न


२४ असार , चितवन ।
उद्योग वाणिज्य संघ–चितवन र नेपाल पत्रकारमहासंघ–चितवन शाखाको संयुक्त आयोजनामा सञ्चालित ३ दिने आर्थिक पत्रकारिता तालिम आज सम्पन्न भएकोे छ । चितवन जिल्लालाई

पत्रकारिताको कर्मथलो बनाई आर्थिक पत्रकारितामा संलग्न र संलग्न हुनचाहने पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त तालिम यहि असार २२ गते देखि उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा शुरु भएको थियो । तालिमको समापन समारोहमा प्रशिक्षार्थिलाई प्रमाणपत्र वितरण गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले चितवन जिल्ला आर्थिक विकासका लागि प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले यस क्षेत्रमा भए गरेका र हुन सक्ने आर्थिक विकासका क्रियाकलापका बारेमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष प्रधानले साना, घरेलु, मझौला देखी ठुला ठुला उद्योगहरु सञ्चालनमा आइरहेको यस चितवन जिल्लाको आर्थिक समृद्धीको लागि खोजमा अधारित आर्थिक पत्रकारिताले सहयोग पुग्ने अपेक्षा ब्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष प्रधानले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा श्रम बजार संग सम्बन्धित पक्षलाई सुक्ष्म अध्ययन गरि यसका बिभिन्न आयामहरुका वारेमा पत्रकारिताले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउंदै तालिम पश्चातका आगामि दिनहरुमा चितवनको आर्थिक पत्रकारिताले गतिलिने बताउंदै कार्यक्षत्रमा क्रियाशिल हुन अनुरोध गर्नुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडाले उद्योग वाणिज्य संघ–चितवनले पत्रकारलाई लक्षित गरि यस किसिमको तालिमको आयोजना गरेकोमा आभार ब्यक्त गर्दै चितवन जिल्लाको आर्थिक समृद्धीमा आफ्नो क्षत्रेबाट सक्दो सहयोग गर्ने बताउनु भयो । ३ दिन सम्म सञ्चालित उक्त कार्यक्रममा हिमाल खवर पत्रिकाका पत्रकार रमेश कुमारले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो भने उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष द्धय मित्रराज दवाडी र डा.तिलचन्द्र भट्टराई यसै गरि उद्योग संघका युगराज वस्ती , अक्सफोर्ड कलेजका केशव लामिछाने , कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्र प्रसाद भण्डारी लगायतले बिभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले बताउनु भयो । तालिमको अन्त्यमा चितवन जिल्लाको आर्थिक विकास संग सम्बन्धित बिभिन्न बिषयमा खोजमूलक समाचार संकलन गर्नका लागि २६ वटा बिषयहरु तय गरि प्रशिक्षार्थिहरुलाई जिम्मा दिइएको संघका कार्यकारी निर्देशक गौरव खतिवडाले जानकारी दिनुभयो । बिभिन्न सञ्चार माध्यममा संलग्न २८ जना पत्रकारहरुले सक्रिय सहभागिता जनाएको उक्त तालिमको समापन समारोहमा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, द्धित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्यहरु, नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष जनक अर्याल लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रम संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षता एवं कार्यक्रम अधिकृत निलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।