चितवन काेसेली घर सन्चालनमा

उद्योग वाणिज्य संघ–चितवनले कोसेली घर सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज एक कार्यक्रमको आयोजना गरि कोसली घरको प्रारम्भ गरेको हो ।

उद्योग वाणिज्य संघ–चितवन अन्तरगतको महिला उद्यमी विकास समितिको सक्रियता, घरेलु तथा साना उद्योग कार्यालयको सहयोग एवं उद्योग वाणिज्य संघ–चितवनको सरक्षकत्व तथा प्रबद्र्धनमा उक्त कोसेली घर सञ्चालनमा ल्याइएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती रावलले रिवन काटेर कोसेली घरको उद्घाटन गर्नु भयो । कार्यक्रममा उपस्थित व्यक्तित्वलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले महिला उद्यमीहरु द्धारा उत्पादित वस्तुहरुको संकलन , प्रबद्र्धन एवं बजारीकरण गर्दै महिला उद्यमशिलता विकास गर्ने अभिप्रायले कोसेली घर संञ्चालनमा ल्याउन लागिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले स्थानिय स्तरमा उपलब्ध श्रोत, सिप र साधनहरुको सदुपयोग गर्दै गृहणी महिलाहरुले घरमै वसी उत्पादन गरेका उपभोग्यवस्तुहरुको बजार पहिचान गर्दै उनिहरुको आय–आर्जनमा बृद्धी गर्न कोसेली घरले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा ब्यक्त गर्दै चितवन कोसेली घर समग्र चितवनवासीहरुको भएकोले यसलाई सफल पार्न सवैलाई अनुरोध गर्नु भयो । चितवन कोसेली घरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले चितवनका महिला उद्यमीहरुको प्रयासको प्रशंसा गर्नु भयो  । कार्यक्रममा उपप्रमुख शाहले महिलाहरु कुनै पनि तवरले सक्षम रहेको बताउंदै महिला सशक्तिकरणका लागि महिला मूलतः आर्थिक रुपमा सबल हुनुपर्ने औंल्याउंदै आर्थिक रुपमा सवलहुनका लागि उद्यमशिलता आवश्यक रहेको बताउनु भयो । 

उहांले उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तुहरुको प्रबद्र्धन गर्नुका साथै आवश्यक सिप प्रदान गर्नका लागि भरतपुर महानगरपालिका सदैव तयार रहेको बताउंदै चितवन कोसेली घरको सफलताका लागि आफुले पूर्ण रुपमा सहयोग बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कल्याण जोशीले बिगत लामो समय देखी यस किसिमको कार्यक्रमको परिकल्पना गरिएको भएता पनि आज सफलता मिलेको बताउंदै यसको प्रबद्र्धनका लागि उद्योग वाणिज्य संघ–चितवन र महिला उद्यमी सदैव सक्रिय रहनुपर्ने बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य जोशीले उद्यमी आफै पनि एक उपभोक्ता भएको स्मरण गराउंदै आफ्नो दैनिक जिवनमा प्रयोग हुने खाद्यान्न लगायतका सामाग्री स्थानिय रुपमा खरिद गर्नका लागि अपिल गर्नु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत एवं कोसेली घर सञ्चालक समितिका सदस्य–सचिवन निलबहादुर केसीले कोसेली घर स्थापनाको उद्देश्य, यसको कार्यविधि लगायत प्रक्रियाका वारेमा अवगत गराउनु भएको थियो । सोहि कार्यक्रममा बोल्दै महिला समुह समन्वय समितिका अध्यक्ष गोमा भट्टराईले उद्योग वाणिज्य संघको यस कार्यले आफुहरु उत्साहित भएको बताउंदै आफुहरु उत्पादन बृद्धीमा लागि पर्ने बताउनु भयो । समुद्घाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमी विकास समितिका संयोजक एवं कोसेली घर सञ्चालक समितिका अध्यक्ष रजनी मास्केले आफुले लामो समय देखि देखेको सपना पुरा भएको बताउंदै यस कार्यका लागि सहयोग पु¥याउने उद्योग वाणिज्य संघ–चितवन, बिभिन्न कार्यगत समिति, महिला उद्यमी, घरेलु तथा साना उद्योग कार्यालय, भरतपुर महानगरपालिका, सचिवालयका कर्मचारी लगायतलाई आभार बयक्त गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, महिला उद्यमी, पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।