श्रीलंकाको उवासंघ र उवासंघ–चितवन बिच समझदारी पत्रमा हस्ताक्षर ।

श्रीलंकाको उवासंघ र उवासंघ–चितवन बिच समझदारी पत्रमा हस्ताक्षर ।

कार्तिक १८ गते ।
उद्योग वाणिज्य संघ–चितवन र श्रीलंका स्थित सिलोन चेम्वर अफ कमर्स बिच आज एक कार्यक्रमका बिच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनका तर्फबाट अध्यक्ष सहनलाल प्रधान र सिलोन चेम्बर अफ कमर्सका तर्फबाट सिलोन चेम्वरका उपाध्यक्ष भिस गोवन्दिास्वमीले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले दुइ सहर र दुई देस विचको व्यवसायीक सम्बन्ध र व्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण समयको शुरुवात भएको बताउनु भयो । समझादारी बमोजिम दुई देसका उवासंघहरुले द्धिराष्ट्रिय व्यवसायीक प्रबद्र्धनका लागि बिभिन्न कार्यक्रम आयोजना गर्ने , प्रबिधि साटासाट तथा हस्तान्तरण, प्राबिधिक सहयोग गर्ने, अध्ययन अवलोक भ्रमण , तालिम ,सेमिनारको आयोजना गर्ने, पूर्वाधार विकासका लागि आ–आफ्नो सरकार मार्फत पहल गर्ने, लगायतका बुंदाहरु भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो ।
Participants full
सोहि कार्यक्रममा उवासंघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपाल भ्रमणका लागि श्रीलंकाका जनताहरुलाई अपिल गर्दै दुइे देस बिचको धार्मिक , सामाजिक, प्राकृतिक तथा आत्मिय घनिष्ठता सम्बन्धि प्रकास पार्नु भएको थियो । कार्यक्रममा सिलोन चेम्वरको तर्फबाट छिटैनै एक टोलि नेपाल भ्रमणका लागि आउन लागेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । समझादारी– पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पश्चात दुई देसका व्यवसायीहरु बिच एक विटुवि वैठक सम्पन्न भएको छ । सयौं व्यवसायीहरुको सहभागिता रहेको उक्त वैठकमा संघका अध्यक्ष सहनलाल प्रधानले सम्बोधन गर्नुका साथै उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट संघका विशिष्ट कार्यसमिति सदस्य डा. होमवहादुर बस्नेतले कार्यपत्र प्रस्तुत गर्नूभएको थियो । वैठकमा सहभागिहरुले चितवनको शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन क्षेत्रमा लगानी गर्न अनुरोध गरेका थिए । नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर राखि भ्रमण बर्षको समेत प्रचार प्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवन गत हप्ता देखी श्रीलंकाको भ्रमणमा रहेको संघका कार्यकारी निर्देशक गौरव खतिवडाले जानकारी दिनु भयो । संघका अध्यक्ष सहनलाल प्रधानको नेतृत्वमा उवासंघका कार्यसमिति, पूर्व अध्यक्ष , नेउवामहासंघका केन्द्रिय सदस्य लगायतका ३२ जना व्यवसायीहरुको उक्त टोलिमा सहभागिता रहेको छ । निजि क्षेत्रको तर्फबाट श्रीलंकामा यसरी सम्बन्ध स्थापित गर्ने उद्योग वाणिज्य संघ–पहिलो र एक मात्र संघ भएको अध्यक्ष प्रधानले बताउनु भयो । साथै नेपाल भ्रमणबर्ष २०२० को पावन अवसरमा श्रीलंकन एअर लाईन्सले डिसेम्वर बाट कोलम्बो–काठमांडौ सिधान उडान भर्ने तयारी गरेको अध्यक्ष सहनलाल प्रधानले बताउनु भयो । नेपाल स्थित श्रीलंकाको दुतावासको पहल र श्रीलंका स्थित सिलोन चेम्वरको निमन्त्रणामा सम्पन्न हुन लागेको उक्त अध्ययन अवलोकन भ्रमण टोली यहि कार्तिक २० गने नेपाल फर्कने कार्यक्रम तय भएको अध्ययन , अवलोकन भ्रमण कार्यक्रमका संयोजक तारानाथ पाठकले जानकारी दिनुभयो ।

निलबहादुर केसी
कार्यक्रम अधिकृृत