साइकल यात्रीलाइ संघमा स्वागत

नेपाल भ्रमण बषषर्् २०२० को अवसरमा आयोजित Ride Through Sindhuligadhi 2019

कार्यक्रम अन्र्तगत काठमांडौ स्थित पशुपतिनाथ मन्दिर देखी सिन्धुली गढी हुंदै जनकपुर र हेटौंडा भई नारायणगढ सम्मको साईकल यात्रा सम्पन्न गर्ने साईकल यात्रीलाई उद्योग वाणिज्य संघ–चितवनले संघमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । नेपाल बोटल वाटर उद्योग संघ चितवन– नवलपुर का अध्यक्ष केशव घिमिरे, उहांकी श्रीमती रुक्मिणी सापकोटा घिमिरे लगायत साईक्लिस्ट रोनिस कर्माचार्यलाई संघमा स्वागत गरिएको हो । उद्योग वाण्ज्यि संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले उहांलाई बधाई समेत ज्ञापन गर्नु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले नेपाल भ्रमण बर्ष २०२० (Visit Nepal Year 2020) को संघारमा गरिएको उक्त कार्यक्रमले चितवन जिल्लाको मात्र नभई देशको आन्तरिक पर्यटन प्रबद्र्धनमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,कासस सोम प्रसाद काप्री, ईश्वरी प्रसाद खराल , साईकल व्यवसायी संघका निबर्तमान अध्यक्ष धर्मराज सापकोटा, महिला उद्यमी लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

मंसिर ११, भरतपुर