उवासंघ–चितवनको अन्तरिक्रिया कार्यक्रम

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज यहां एक दिवसिय महिला

उद्यमशिलता विकास एवं आर्थिक साक्षरता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र आर्थिक अभियान राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष्ँ श्री राजु श्रेष्ठले महिला उद्यमशिलता विकास, महिला सशक्तिकरण र महिला उद्यमीद्धारा उत्पादित वस्ुत तथा सेवाको प्रबद्र्धनमा कुनै कमि नराख्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले निकट भविष्यमा आयोजना गर्न लागेको योजना तर्जुमा गोष्ठीमा महिला उद्यमीसंग सम्बन्धित कार्यक्रमहरु तय गरिने भएकोले महिला उद्यमीहरुका लागि आवश्यक कार्यक्रम भएमा उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम शाखामा सम्पर्क गर्नका लागि अनुरोध गर्नु भयो । उपस्थित प्रमुख अतिथि , अतिथी लगायतलाई स्वागत गर्दै अध्यक्ष्ँ श्रेष्ठले महिला सशक्तिकरणका लागि आयआर्जन आवश्यकता पर्ने बताउंदै उद्यमशिलता विकास यसको निर्विकल्प रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले आयोजना गर्ने बिबिध कार्यक्रममा जिल्ला समन्वय समिति चितवनको सदैव सहयोग रहंदै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिलाहरुले उत्पानशिलता र उत्पादकत्व बृद्धीमा जोडदिनुपर्ने औंल्याउनु भयो ।


सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्यमशिलता विकासका लागि महिलाहरु जोखिम वहन गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गरिसकेको अवगत गराउंदै अवको उद्यमशिलता अझ बढि परिस्कृत र प्रतिस्पर्धि हूनुपर्ने बताउनु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालय चितवनका प्रमुख रमेश कुमार कर्माचार्यले महिलाको नाममा व्यवसाय दर्ता गर्दा सरकारबाट गरेका सेवा , सुविधा र छुटका बारेमा प्रष्ट पार्दै उद्योग वाणिज्य संघका गतिबिधिमा आफ्नो कार्यालयले विगतका दिनहरुमा झैं सहकार्य गर्ने बचनबद्धता ब्यक्त गर्नुभयो । आर्थिक अभियान पत्रिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा पत्रिकाका वरिष्ठ सहसम्पादक टि.पि. भुसाल र बजार प्रबन्धक बालसिंह पोख्रेलले सहजीकरण गर्नुभएको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । चितवन जिल्लाका विभिन्न स्थानक करिव १०० जना महिला उद्यमीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागि महिला उद्यमीहरुले व्यवसाय प्रबद्र्धन, उद्यमशिलता विकास, व्यवसाय दर्ता प्रक्रिया लगायतका बिषयमा सवाल गरेका थिए । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता, कार्यक्रम अधिकृत निलबहादुर केसीको सञ्चालन , महिला उद्यमी , कासस एवं चितवन कोसेलीघर सञ्चालक समितिका अध्यक्ष रजनी मास्केको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय बैंक तथा वित्तिय संस्थाका प्रमुख, उवासंघ–चितवनका कार्यसमिति सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा दि विजनेस ऐजले प्रदान गर्ने वेष्ट आन्टरपर्नर अवार्ड २०२० का वारेमा समेत जानकारी गराइएको थियो ।

माघ ५, चितवन ।