CCIC Program image

उद्योग वाणिज्य संघ–चितवनको २०७६/२०७८ कार्यकालका लागि दुईदिने कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

चितवनको पटिहानी स्थित कसरा रिर्सोटमा सञ्चालित उक्त गोष्ठीले आगामी दुई वर्षका

लागि कार्यक्रम तय गरेको हो । गोष्ठीमा संघका अध्यक्ष राजु श्रेष्ठले आफूले निर्वाचनको बेला सदस्यसँग गरेका बाचा पूरा गर्नका लागि सदस्य केन्द्रित कार्यक्रमहरु तय गरी कार्यान्वय गर्नुपर्ने बताउँदै गोष्ठीले निर्देशित गरेका कार्यक्रमहरु कार्यान्वय गर्नमा कुनै कसर नराख्ने बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउने खालका कार्यक्रम तय गरिएको हुनाले योजनालाई मूर्त रुप दिनका लागि कार्यसमिति, पूर्वअध्यक्ष, संघका साधारण सदस्यलगायत सचिवालयको महत्वपूर्ण भूमिका रहने विचार राखे । कार्यक्रममा उनले संघका प्राथमिक क्षेत्र रहेका कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन बाहेक अन्य क्षेत्रहरु औद्योगिकरण, सामाजिक उत्तरदायित्व, महिला उद्यमीलगायतका विषयमा पनि कार्यक्रमहरु सञ्चालन गरिने बताए । सोही कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य कल्याण जोशीले बनाइएका योजनाहरुलाई संघको गतिविधिमा पारी क्रियाकलाप नगर्ने हो भने योजना मात्र कागजी स्वरुप हुने बताउँदै उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम सञ्चालनमा नेपाल उद्योग वाणिज्य महासंघबाट समेत सक्दो सहयोग जुटाउन आफू प्रयत्नशील रहने बताए । गोष्ठीको समापन समारोहमा आफ्नो धारणा व्यक्त गर्दै संघका पूर्वअध्यक्ष मित्रराज दवाडीले संघका योजनावद्ध गतिविधि भए नभएको जानकारी लिने र मार्गनिर्देशन गर्नका लागि संघमा छुट्टै संयन्त्रको विकास गर्नुपर्ने बताउँदै यसका लागि पूर्वअध्यक्षको पूर्णसहयोग रहने बताए ।

दुई दिनसम्म सञ्चालित गोष्ठीका सहजकर्ता हरिहर सुवेदीले उद्योग वाणिज्य संघ–चितवन देशकै अग्रणी उद्योग वाणिज्य संघ भएकोले यसको क्षेत्र व्यापक भएको बताउंदै संघले चितवनको बृहत्तर विकासमा ध्यान दिनुपर्ने बताए । कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सचिवालय सुदृढीकरण तथा सवलिकरण, औद्योगिकरण, संघको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन तथा उत्पादन वृद्धि र संघका संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगतका करिब चार दर्जन कार्यक्रम छनौट गरेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जनकारी दिए । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत निलबहादुर केसीेले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका नवनिर्वाचित कार्यसमिति, पदाधिकारी, पूर्वअध्यक्ष, संघका विशिष्ट सदस्य , सचिवालयका कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । संघले प्रत्येक २/२ वर्षमा यस किसिमको योजना तर्जुमा गोष्ठी सञ्चालन गर्दै आइरहेको उद्योग वाणिज्य संघ–चितवनको सचिवालयले जनाएको छ ।

चितवन, फागुन १३- उद्योग वाणिज्य संघ–चितवनको कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।