उवासंघ चितवन र देवघाट गाउँपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता विकास तालिम सम्पन्न

उद्योग वाणिज्य संघ-चितवन र देवघाट गाउंपालिका, तनहूंको संयुक्त आयोजनामा

सञ्चालित उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ बिभिन्न सिप सिकेर उद्यम व्यवसाय गर्न चाहने सहभागिहरुलाई लक्षित गरि आयोजना गरिएको ऊक्त कार्यत्रममा ४० जनाको सहभागिता रहेको थियो । 

तनहूं जिल्लाको देवघाट गाउंपालिकाको सभा हलमा आयोजित तिन दिने तालिमको समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै देवघाट ५ का वडाध्यक्ष एलबहादुर गुरुङले सिप सिक्नु मात्र उपलब्धि नभई सिकेको ज्ञान र सिपलाई दैनिक व्यवसायीक जिवनमा लागु गर्न अनुरोध गर्दै तालिम सञ्चालन गर्नका लागि सहयोग गर्ने उद्योग वाणिज्य संघ-चितवन प्रतिहार्दिक आभार व्यक्त गर्नु भयो । 

कार्यक्रममा बोल्दै प्रशिक्षक एवम् स्रोत व्यक्ति निलबहादुर केसीले उद्यमशिलता विकासका लागि आफु संग भएको सिप, साधन र स्थानिय रुपमा उपलब्ध भएको स्रोतको अधिकतम उपयोग गर्नु पर्ने बताउंदै सार्वजनिक निजी साझेदारी कार्यक्रम अर्न्तगत ऊक्त कार्यत्रम आयोजना गरिएको बताउनु भयो । 

सोहि कार्यक्रममा बोल्दै देवघाट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले उद्यम व्यवसायका लागि सिप, लगानी मात्र नभई दृढ ईच्छाशक्ति हुनुपर्ने बताउंदै सहभागिलाई तालिम सफलताका साथ सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्नु भयो । कार्यक्रममा सहभागिको तर्फबाट रस्मी सोती र ईन्द्राथापाले तालिमबाट सिकेको ज्ञानलाई आफ्नो व्यवसायमा लागु गर्ने जनाउंदै उद्यमशिलता तालिमले आफुहरुलाई मार्ग निर्देशन गरेको बताउनु भयो । तिनदिन सम्म सञ्चालित उक्त तालिममा उद्योग वाणिज्य संघ-चितवनका कार्यकारी निर्देशक गौरव खतिवडा र कार्यक्रम अधिकृत निलबहादुर केसीले स्रोत व्यक्तिको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो । यहि आर्थिक बर्षमा सिप एवम् व्यवस्थापकिय विभिन्न तालिमहरुको आयोजना गरिने देवघाट गाउंपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिनु भयो ।

उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय र उद्यमशिलताका सम्बन्धमा कुनै सिमा तथा क्षेत्र नहुने बताउंदै संघका गतिबिधिलाई चितवन जिल्ला वरपरका बजार क्षेत्रमा समेत विस्तार गर्ने संघको उद्देश्य बमोजिम तनहूंको देवघाटमा कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो । वडा नं. ५ का वडाध्यक्ष एलबहादुर गुरुङको अध्यक्षता एवम् सामाजिक परिचालक सम्झना खत्रीको सञ्चालनमा कार्यत्रम सम्पन्न भएको थियो । 

News Published on FNCCI Copy

चैत्र ४, भरतपुर ।