माडीमा राहत हस्तान्तरण

माडी राहत फोटो

२०७७ बैशाख १३ गतेका दिन ऊधोग बाणीज्य संघ- चीतवन को तर्फ बाट माडी नगरपालिकालाई 

राहत सामाग्री  हस्तान्तरण  गरियो । संघका अध्यक्ष राजु श्रेष्ठले माडी नगरपालिका का नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई सामाग्री हस्तान्तरण गरिएको हो । संघले कोरोना भाइरस का कारण गरिएको लक डाउन का कारणले गर्दा दैनिक ज्याला मजदुरी गर्ने जनता लगायत सर्बसादारणको दैनिक जीवन जटिल बन्दै गयकोले राहत सामाग्री बितरण गरिएको हो। संघ ले यश अगाडि पनि भरतपुर महानगरपालिका का विभिन्न वडा लगायत संघको सचिवालय बाट सयौं लाई राहत  सामाग्री वितरण गरिएको  संघ का अध्यक्ष राजु श्रेष्ठले  बताउनु  भयो।

माडी राहत फोटो २

यसै गरि संघको पहलमा संघ मा आवद्द विभिन्न वस्तुगत संघ हरुलेपनी राहतका सामाग्री वितरण गरिरहेको अध्यक्ष श्रेष्ठले  बताउनु भयो । उद्योग वाणिज्य संघ चितवनले आज गरेको राहत सामाग्री वितरण कार्यक्रम मा संघ का अध्यक्ष राजु श्रेष्ठ , वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ , उपाध्यक्ष द्वय चिरञ्जीवी सुवेदी र इ. भोजराज कौडाल , स्वास्थ्य समितिका सम्योजक शिरीष पन्त लगायत को उपस्थिति रहेको संघका वरिष्ठ अधिकृत निलवहादुर केसिले बताउनु भयो। संघ ले राहत वितरण को कार्यक्रम लाई  निरन्तरता दिने कार्यसमिति सदस्य तथा स्वास्थ्य समिती सम्योजक शिरीष पन्तले बताउनु भयो।