उवासंघ–चितवन द्धारा विद्यार्थिलाई राहत वितरण

विधार्थिलाइ राहत फोटा १

उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्ला लगायत नेपालका बिभिन्न जिल्लाबाट भरतपुर आई अध्ययन गर्ने विद्यार्थिहरुलाई रातहत

वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार बाट लागु गरेको लक डाउनका कारण भरतपुरका बिभिन्न कलेजहरुमा अध्ययनका लागि भाडामा वस्दै गरेका विद्यार्थिहरुको दैनिक गुजारामा परेको अफ्ठेरोमा सहयोग गर्नका लागि राहत वितरण गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो । संघका सचिवालयबाट गरिएको राहत वितरण कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठले उद्योग वाणिज्य संघले व्यवसायीक क्षेत्र संगमात्र सम्बन्धित नभई संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रही विपद्मा परेका आमसर्वसाधारणलाई समेत सहयोग गर्नुपर्ने दायित्व सम्झी विद्र्यािर्थलाई राहत वितरण गरिएको बताउनु भयो । भरतपुर क्षेत्रमा रहेको विरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखि क्यँपस र बालकुमारी कलेज, वोस्टन कलेज, एनपिआई कलेज लगायतका क्याप्मसमा अध्ययनरत विद्यार्थिलाई राहत समाग्रीहरु वितरण गरिएको संघका विपद् व्यवस्थापन समितिका संयोजक एवम् कार्यसमिति सदस्य नारायण प्रधानले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष एवम् नेउवामहासंघका कार्यकारीणी समिति सदस्य कल्याण जोशी निबर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष त्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जिवि सुवेदी , भोजराज कौडाल को सहभागिता रहेको थियो । बिभिन्न कलेजका विद्यार्थि संगठनका प्रमुख एवम् प्रतिनिधि र विद्यार्थिको सहभागितामा गरिएको राहत वितरण कार्यक्रममा संघका कार्यसमिति सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियोे । नेपाल सरकारद्धारा लकडाउन घोषणा गरिए पश्चातको समायवधिमा उद्योग वाणिज्य संघ–चितवनले दैनिक ज्यालादारी गर्ने मजदुर, विभिन्न उद्योग धन्दा एवम् कलकारखानामा कार्यरत मजदुर लगायत भरतपुर महानगरापालिकाका बिभिन्न वडाहरु, माडी नगरपालिका लगायतका स्थानमा समेत राहत सामाग्री वितरण गरि सकिएको संघका वरिष्ठ अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो ।साथै संघले राहत वितरण कार्यलाई अझ बढि प्रभावकारी बनाउनका लागि उद्योग वाणिज्य संघ–चितवन कोरोना राहतकोषको स्थापना गरि सहयोग संकलन कार्यलाई तिव्रता दिईरहेको संघका उपाध्यक्ष भोजराज कौडालले जानकारी दिनुभयो । यस अगावै संघ संग आवद्ध विभिन्न वस्तुगत संघहरुले पनि राहत वितरण लगायत खाना वितरण कार्यक्रम समेत नियमित रुपमा आयोजना गर्दै आइरहेको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले बताउनु भयो ।

वैशाख १८, भतरपुर ।