उद्योग वाणिज्य संघ चितवन द्वारा मजदुरलाई खाद्यान्न वितरण

  उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिका वडा नम्बर १ र २ का मजदुर र बिपन्न बर्गलाइ आज खाद्यान्न वितरण गरेको छ ।

राहत वितरण फोटो महिला द्धारासंघ अन्तर्गत रहेका महिला उद्यमी विकास समिति र कार्यसमिति का महिला उद्यमीहरुको संयोजनमा खाद्यान्न वितरण गरिएको हो ।

भरतपुर महानगरपालिका अन्तर्गत वार्ड नम्बर १ र २ का वडा कार्यालयसँग सहकार्य गरी खाद्यान्न लगायत चामल ,दाल, नुन, तेल, चिउरा , आलु, प्याज, चिनी वितरण गरिएको हाे ।
वितरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले देश विषम परिस्थितिमा गुज्रिरहेको भन्दै सबैभन्दा बढी मारमा मजदुर परेको बताउनु भयाे । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई राहत स्वरुपा खाद्यान्न वितरण गरिएको हाे ।
उनका अनुसार महानगरका अन्य वडामा रहेका मजदुरलाई पनि खाद्यान्न वितरण गर्ने संघको तयारी छ । संघले त्यस्ता मजदुरहरुको बस्तीमा पुगेर सामाजिक दुरी कायम गरेर खाद्यान्न वितरण गरेको थियो । यसअघि संघले भरतपुर कोरोना बिशेष अस्पताललाई २५० थान एन ९५ मास्क वितरण गरेको थियो । कार्यक्रममा संघका कार्यसमिति का महिला उद्यमी रजनी मास्के, लक्ष्मी रिमाल पौडेल , योगिता पिया, शर्मिला न्यौपाने , पुर्णिामा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

चैत्र १९, चितवन ।