उवासंघ–चितवनको पूर्वकार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

उद्योग वाणिज्य संघ–चितवनको वर्ष २०७६÷२०७८ को कार्ययोजना तर्जुमा गर्ने

सन्दर्भमा संघसंग आवद्ध वस्तुगत संघ बिच आयोजना गरिएको पूर्व कार्ययोजना तर्जुमा गोष्ठी रिभर क्राउन प्लाजा गैंडाकोटमा बिभिन्न योजना तय गर्दै सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको कार्यकाल २०७६–२०७८ का लागि कार्ययोजना तर्जुमा गर्नका लागि बिभिन्न वस्ुतगत संघका कार्यक्रमहरु समेत समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष्ँ राजु श्रेष्ठले आगामी २ बर्षमा संघले आयोजना गर्ने बिभिन्न कार्यक्रममा वस्तुगत संघका आवश्यकता, माग र सम्स्यालाई समेत समावेश गराउनका लागि पूर्वकार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरिएको बताउंदै सम्पूर्ण वस्तुगत संघको सक्रिय सहभागिता र सहयोगको आफुले अपेक्षा गरेको बताउनु भयो । उहांले संघसंग आवद्ध सदस्यहरुका लागि जुनसुकै कार्यक्रम आयोजना गर्न आफु तयार रहेको समेत जानकारी दिनु भयो । साथैकार्यक्रममा अध्यक्ष श्रेष्ठले संघमा आवद्ध वस्तुगत संघ उद्योग वाणिज्य संघ–चितवनका अभिन्न अंग भएको बताउंदै सम्पूर्ण वस्तुगत संघहरुको प्रबद्र्धन र हितहुने खालका कार्यक्रम तय गरिने बताउनु भयो । कार्यक्रममा संघका उपाध्यक्ष एवं वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले सम्पूर्ण वस्तुगत संघहरुले पनि आफ्नो योजना तर्जुमा गोष्ठीको आयोजना गरि संस्था सुदृढीकरणका साथसाथै सदस्यहरुको हित हुने खालका कार्यक्रम तय गर्नुपर्ने बताउंनु भयो ।

planning workshop participant

कार्यक्रममा बिभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुले आ–आफ्नो वस्तुगत संघका योजना र कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा भांडाबर्तन तथा गिफ्ट व्यवसायी संघका अध्यक्ष कृष्ण सुवेदी, संघका दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी लगायतले आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा उवासंघ–चितवनका पूर्व अध्यक्ष एवं नेउवामहासंघका कार्यकारीणी समिति सदस्य डा. तिलचन्द्र भट्टराईले प्रमुख स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुभएको थियो । यसै गरि संघका कार्यकारी निर्देशक गौरव खतिवडा र कार्यक्रम अधिकृत निलबहादुर केसीले कार्यशालाको सहजीकरण गर्नुभएको सचिवालयले जनाएको छ । संघको लगत्तै हुने कार्ययोजना तर्जुमा गोष्ठीमा वस्तुगत संघबाट प्राप्त सुझाव र कार्यक्रमलाई समेत समेटेर विस्तृत कार्ययोजना तय गर्ने कार्यक्रम रहेको उवासंघ–चितवनले जनाएको छ ।

२७ माघ, चितवन ।