Incubation Center काे डेमो डे सम्पन्न

उवस‌घ चितवनमा स्थापना गिरयकाे Business Incubation Center ले डेमो डे सम्पन्न गरेकाे

छ । नया सोच भएका नव उद्धमीलाई ब्यबसाय गर्न सहयोग गर्ने तथा उद्धमसीलता बिकासका कार्यमा संलग्न सरोकारवालाहरुको संजाल विस्तार, बिकास र startup ecosystem संस्थागत गर्नमा सघाउने उदेश्यले चितवनमा प्रथम I-cube demo day कार्यक्रम आज मिति २०७६।१०।२९ गते बुधबार उद्योग बाणिज्य संघ चितवनमा सम्पन्न भएको छ ।
Demo day

उद्योग बाणिज्य संघ चितवन, अन्तर्प्रेरणा प्रा लि, नेपाल कम्युनिटर्स , प्रेसीड़ेंसी कलेज र युवा उद्धमी मंचको सहकार्यमा चितवनमा उद्धमसीलताको बिकासको लागि इन्कुबेसन सेन्टर स्थापना संघको सचिबलायामा गरिएको थियो । क् I cube कार्यक्रम अन्तर्गत यो नव उद्धमी डेमो आयोजना गरि युवा उद्धमीलाई बजारीकरण , ग्राहकको प्रतिक्रिया बुझ्न , बजार मा आफ्नो उत्पादन तथा सेवा को जानकारी दिन र लगानीकर्ता खोज्ने उद्देस्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक अनिल पराजुलीले जानकारी दिनु भयो ।

चितवनमा पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा ५ वोटा नव उद्धमीले लगानीकर्ता माझ business pitch गरेका थिए ।जस अन्तर्गत बुक किनबेच , मालपोत डट कम , निउरे पशु बिकाश फर्म , स्मार्ट होम एंड सेकुरिटी सोलुसन्स र उज्यालो बिजुली मर्मत सेवा रहेका थिए । १०० जनाको उपस्थिति रहेको थियो ।

इन्कुबेसन सेन्टरले उद्धमीहरुको ससक्तिकरण र उनीहरुको ब्यबसायलाई सहयोग गर्ने छ । सो उदेश्य प्राप्तिको लागि उधमिहरुला मेंटर, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ ।