कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सम्बन्धी सूचना

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ बमोजिम स्वदेशी उद्योगको आवश्यकता अनुरुपको सीपयुक्त जनशक्तिको विकास गर्न निजी क्षेत्रको साझेदारीमा बैदेशिक रोजगारीबाट फर्किएका वा स्वदेशमै रोजगारी गुमाएको वा बेरोजगार १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकलाई कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको भनि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रबाट २०७९ जेष्ठ ०५ गते प्राप्त पत्र अनुसार साझेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक प्रचलित कानून बमोजिम दर्ता भएका उद्योग वा उद्योगको प्रतिनिधित्व गर्ने महासंघ वा विषयगत तथा वस्तुगत संघहरुले सम्बन्धित उद्योगमा आवश्यक पर्ने प्रशिक्षार्थी कामदारको संख्या, त्यसका लागि चाहिने तालिमको किसिम एवं तालिम अवधि समेत खुल्ने विवरण पेश गर्नका लागि सूचना प्रकाशित भएको जानकारी गराउदै सोहि वमोजिमको विवरण सहित जेष्ठ १९ गते कार्यालय समय भित्रमा उद्योग वाणिज्य संघ–चितवनको कार्यलयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
विस्तृत जानकारीको लागि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सूचना यसैसाथ संलग्न गरिएको छ ।